By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading:
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali >
Art & LiteratureDarjeelingNationalSA Nepali

Aaron Rai
Last updated: June 9, 2025 4:44 pm
Aaron Rai Published June 9, 2025
Share
SHARE

मनोज बोगटी, संवेदी प्रश्न र गफ

भुपाल सिंगौरे, दार्जिलिङ

शब्दकोषले मेरो यो बोधो मस्तिष्कलाई यतिबेलाको समयलाई ‘साँझ भनिन्छ है’ भन्न सिकाएको छ । अब यतिबेलाको समयलाई अन्यै थोक भनिन्छ भन्ने कुरा यसले पत्याउँदैन। तर साहित्यमा ‘बिम्ब’-ले अर्कै अर्कै खेल खेल्छ।

हामीसँग साँझ छ। या भनौं साँझसँग छौँ -हामी। हाम्रो अघिल्तिर उभिएको छ भीमकाय उहिलेको रिङ्क सिनेमा हल। एक समय ठूलाठूला विचारहरू जन्माउने तथा जन्मने ठाउँ रिङ्क मल । अचेल रिलायन्स नामले प्रचलित छ यो ठाउँ ।  पहाडको निम्ति पनि यो कुनै नौलो नाम होइन।

देशलाई पुँजीवादको अक्षर चिनाउने ठूलो संस्था हो-रिलायन्स । हामी त्यहीँ  मलसँग ओतलाग्दै भुइँ तल्लाको देब्रे नेरको चिया पसलभित्र पस्ने तरखरमा छौं । पसल अत्याधुनिक छ । चिया पसल भएकाले भित्रबाट चियाको मिठो वासना आइरहेछ । ग्राहकलाई लोभ्याउने त्यो गजबको युक्ति हुनसक्छ । त्यहीँ वासनालाई पच्छ्याउँदै हामी सबै पसलभित्र पस्यौं। 

वरिपरि  एक लहरमा टेवल कुर्सीहरू मिलाएर सजाइएको छ। पसलको दाहिने पट्टी केही स्वदेशी पाहुनाहरू चिया किन्नलाई पसलेसँग कुरा गर्दैछन् । पसल  सुन्दर छ। यसैको भित्तामा  चियापत्ती टिप्दै गरेकी महिला श्रमिकको नक्सा टाँगिएको छ।

नक्सामा भएकी महिला कहिले यो दोकानसम्म आएकी होलिन् त ?

त्यहाँ भित्रका भव्यतामा कत्तै पनि चिया श्रमजीवी कमाने मजदुरको गन्ध छैन । बजारले पस्किएका सुखिलो खोलमा मालिकले लुकेर ढाँट्दै छल्दै  बेचेको उसको नक्सा मात्र छ त्यहाँ । मानौ नक्सा नै मात्र हो कि त्यो उसको यथार्थ पनि?

मालिकको त्यस्ता चतुर्‍याइँदेखि विचरा श्रमिकहरू बेखबर छन्। त्यही बीचमा हामी छौं। हामीले  चिया मगायौं । हाम्रो अघि  अहिले चिया पिउने चारवटा कप र एउटा ठूलो टी पोट छ।

टी पोटमा  हामीलाई पुग्ने चिया भरिएको छ। त्यो चिया हामी समक्ष पुऱ्याउने काम एउटी भर्खर कि बहिनीले गरिन् । एकजना साथीले  सबैलाई  पालैपालो चिया पस्किदिए। त्यहाँ चियासित हामी चार छौं । चारसँगै विचार छ । विचारहरूमा समसामयिक घटना र अन्य केही सामान्य कुराहरू छन् । गफ र गफाडीहरूका  फुर्सदिलो भेलामा विचार हुनु साध्य घटना नै त हो । भेलालाई रमाइलो बनाउने त्यही चिया हाम्रो अघि छ। चियालाई सलाम। अब चिया पिउँदै हामी विगतका कुराहरू गर्न थाल्छौं । कुरासँगै केही क्षणमै चिया सिद्धियो । सबैले यतिका समयसम्म एकअर्कालाई टोलाई राख्ने खाली कपमा विचारहरू भर्दै पिउने काम शुरु भयो । त्यतिबेलै  विशालजीको गह्रुङ्गो मस्तिष्कबाट निस्कियो एउटा गहकिलो  प्रश्न।

‘विचार भन्ने चीज पनि ….?’

‘के चीज पनि?’

अब  कुरा सुरु भयो — विचार।

‘विचार  समाजको मेरुदण्ड  हो,’ अर्का साथीले  फिस्स हाँस्दै भने, ‘डेकार्ट सुनेका छौ नि?’

 उसले भन्न थाले—‘ म सोच्दछु, त्यसैले म छु!’

अब त्यस्तो प्रतिक्रिया आएपछि को पो चुप लाग्थे र?

विचारमाथि विचार गर्न हामी सबै उक्सियौं।

उसको कुरामा थप्दै अर्को साथीले भने, ‘विचार केवल सोच्ने क्रिया मात्र होइन, यो त व्यक्ति र समाज बीचको  आत्मा हो, मानव अस्तित्वको आधार हो। जुन दिनदेखि तिमीले ‘म सोच्दैछु’ भन्न सिक्यौ, त्यही दिनदेखि तिमी मान्छे भयौ। अब सोचौं त, कस्तो भारी कुरा रहेछ -विचार । विचार बिना कुनै मानव  जीवनको अस्तित्वसम्म प्रमाणित हुन सक्दैन रहेछ  ।‘

कुरा गम्भीर थियो । गफमा अझ गम्भीरता थपिन थाल्यौ। अर्को साथीले हेगेलको मस्तिष्कलाई अघिल्तिर  सार्दै भने, ‘मानिसहरू बाँधिएका छन् भने उसलाई खोल्ने साँचो नै विचार हो। विचारले मानिसलाई  प्रश्न गर्न सिकाउँछ, तर्क गर्न सिकाउँछ , विद्रोह गर्न सिकाउँछ  — अनि मात्र उसले दासत्व , शोषण र अत्याचारको पिञ्जरा फोर्दै  उन्मुक्तिका मार्ग निर्माण गर्न सिक्दछन् ।’

अब अर्को साथीले  मार्क्सको हात समाउदै भन्न थाले, ‘ विचारहरू सामाजिक र भौतिक अवस्थाबाट जन्मिन्छन्। मानिसका चेतनाद्वारा उब्जिएका विचारले उसको जीवनस्थिति निर्धारण गर्छ।’

‘कान्तलाई बिर्सियौ?’ -एउटा झ्याँग्रो स्वर आयो।

‘कर्मको सही/गलत विचारले नै छुट्याउँछ नि!’ उसले  कुरालाई गति दियो, ‘ सोच बिना विचार छैन। विचार गर्न ज्ञान चाहिन्छ, विवेक चाहिन्छ  अनि त विचारले भन्न सक्छ — ‘यो राम्रो, त्यो होइन।’

यसरी विचार माथिको बहस बढ्यो। विशालजीले देवकोटा र सिद्धिचरणका लोकल फ्लेवर थपे, ‘विचार मानव चेतना र सिर्जनात्मकताको मूल स्रोत हो। विचारले नै साहित्य र समाजलाई निर्दिष्ट दिशा प्रदान गर्छ। कुनै पनि आख्यानमा होस् वा लेखनमा विचारले विद्रोह र परिवर्तनको चेतना बोकेको हुन्छ। यसै विद्रोहले सामाजिक न्याय र मानव स्वतन्त्रताको मार्ग निर्धारित गर्दछ।’  

अर्का साथीले घोचे, ‘विशालले भनेको त केही बुझिन नि! खतरै भनेको होला है विशाल?’

यसरी विचारमाथि विमर्श चलिरहेको बेला अब बोल्ने मेरो पालो थियो। विचारकै सन्दर्भमा अहिले घरि पढिरहेको मनोज बोगटीको गैरआख्यान संवेदी प्रश्नले मेरो मस्तिष्कमा घर बनाइएको समय थियो।

मैले यसै पुस्तकबाट केही वाक्य साभार गरेर भने,  ‘यसो त विचार भन्ने शब्द नै सङ्कटमा छ । किन भने विचार अहिले बजारमा छ । तपाईंलाई मनपरेको रङको जिन्स प्यान्टजस्तै सुलभ छ-विचार । उतिखेर पश्चिमी सरकारहरू बजारको कार्यप्रणालीलाई लोकप्रिय परिप्रेक्ष्य र भावनाहरूलाई नियन्त्रण गर्न प्रयोग गर्थे । जब विचारको सवाल आउँथ्यो, उच्च वर्गका विश्वास र विचारको प्रचार निम्नवर्गका विचारधारात्मक र सांस्कृतिक स्वतन्त्रता दबाउनको लागि गरिन्थ्यो । त्यो ट्रेण्डले अहिले त अझ परिष्कृत, परिमार्जित स्वरूप लिइसकेको छ ।’

मेरो यो विचार सुनेर  सबै ट्वाल्ल परेर मेरो मुख हेरेका हेरै भए।

‘गुरुबाट कडा आयो त’, विशालजी भनिरहेका थिए । यसो हुनु स्वाभाविक नै थियो। मानिस आफुले जानेका कुरा सबैभन्दा पहिले नै  गर्छन्।

मैले भनें, ‘होइन, अहिले घरि म  मनोज बोगटीको संवेदी प्रश्न पढिरहेको छु। 

अर्को साथीले सोधे, ‘कस्तो छ किताब ?’

मैले ठट्यौलीमै  भनिदिएँ ‘नीलो नीलो कलरमा सेतो अक्षरले लेखिएको छ।’

‘होइन हौ -किताब कुन विषयमा लेखिएको छ  ?’

‘अहिलेसम्म तपाईं र मेरो मनमा गुम्सिएर बसेका, खुलेर भन्न नसकिरहेका संवेदी प्रश्न र दह्रो तर्कसँगत विचार छ  किताबमा,’ मैले भने ।

‘उसो भए त पढ्नु पर्ने किताब रहेछ। हगी?’ 

एक साथीले  यसैबीच थपे, ‘मनोज बोगटीका कतिपय  कविताहरू त म सारै बुझ्दिन हौ।’

‘होइन यहाँसम्म आइपुग्दा मनोज बोगटी सबैले बुझ्ने भएका छन्। तपाईं हाम्रो भएका छन्।’

मेरो त्यो सामान्य उत्तर थियो । साँच्चै मनोज बोगटीले यस किताबमा भन्न खोजेका कुरा सबैले बुझ्ने खाल्का छन् । अहिलेसम्म नसोची बसेकाहरूलाई  पनि उक्त किताबले सोच्न सिकाउँछ।

उसले आफ्नो प्रश्नलाई दोहोर्‍याउँदै सोधे, ‘अरू के के छ?’

‘किताबमा विचार कै कुराहरू छन्। जस्तो कि नौम चम्स्कीद्वारा लिखित  जनमाध्यमों का मायालोक किताबका केही मीठा विचार पस्केर आफ्ना कुराहरू भनेका रहेछन्। मनोज भन्छन्, ‘मिडियाले आफ्नो स्वरूप सत्ताको गरिमा उचो बनाइराख्न, सत्ताको वर्चस्वको संरक्षणको निम्ति बदलीसकेको लेखेकै छन्। देखिएको छ,  दार्जिलिङमा पनि त्यो ।

यो बाध्यता मिडियाले आफ्नो पहुँचलाई टिकाइराख्न चाहिने विज्ञापनहरूबाट टिप्छ । आफै शक्ति बन्ने कि शक्तिको संरक्षण गर्ने ? मिडियासित यही दुई अवसर र भूमिका बाँचेको छ।’

मैले थपें, ‘छैन त गम्भीर विचार? पढ्नेलाई आनन्दित पारे पनि कताकता मन भने अवश्य दुख्छ। हाम्रो यथास्थितिलाई बुझ्नेहरूले पनि वा भनौं सचेत हुँ भन्नेहरूले कहिलेकाहीँ हामीलाई नै निक्कै चोटि अलमल्याएका छन्। यस्तै अलमल्यादिनेहरूमा उनीहरूले जे दिन्छन् थापिहाल्नु पर्छ भने सोच राख्ने हाम्रा नेताहरूको असफल राजनैतिक यात्राबारे कटु विश्लेषण छ।’

मैले भन्दै गएँ, ‘मनोज भन्छन्, शुरूमा सुबास घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गरे । राज्य र केन्द्रजस्तो ठूलो शक्तिसित लड्न नसकेपछि सम्झौता गरे । अहिले पनि यदि कसैलाई राजनीति गर्न मन लाग्यो र पार्टी खोल्नु पऱ्यो भने उसको सबैभन्दा ठूलो एजेन्डा नै छुट्टै राज्य गोर्खाल्याण्ड हुन्छ।’

थप्दै गएँ, ‘यहाँबाट छर्लङ्ग हुन्छ हाम्रा नेतृत्वहरूका मनसाय। यस्तै घटना दोहोरिनु र हामी जनताहरू बारम्बार लठिङ्गरे हुनु हास्यास्पद कुरा हो।’

यस विषयमाथि मेरो आक्रोश देखेर कुनाबाट एकजना साथीले घतपरेको हाँस्दै भने, ‘साच्चै किताब कडा छजस्तो छ।’

‘नरम कडा दुवै छ,’ मैले भने, ‘उनको स्वास्नी भक्तिको सोझोपन झैं प्रश्न र संवेग छ। जसले तपाईं हामी जस्ताको मन अवस्य नै छुन्छ। एकदुई पङ्क्ति राखौं?’ विशालजीले आफ्ना हात निधार छेउछाउ पुर्‍याउँदै ‘इरशाद’ भनेपछि मैले थपें,- -तपाईँ दार्जिलिङ आउनु भो र जिल्ला अधिकारीको कार्यालय पुग्नुभो भने तपाईँले मेरो भाषा सुन्न पाउनुहुने छैन।

-तपाईँ दार्जिलिङ आउनु भो र महकुमा अधिकारीको कार्यालय पुग्नुभो भने तपाईँले मेरो भाषा सुन्न पाउनुहुने छैन।

-तपाईँ दार्जिलिङ आउनु भो र पुलिस अधिकारीको कार्यालय पुग्नुभो भने तपाईँले मेरो भाषा सुन्न पाउनुहुने छैन। 

-तपाईँ दार्जिलिङ आउनु भो र अस्पतालका प्रमुख डाक्टरको च्याम्बर पुग्नु भो भने तपाईँले मेरो भाषा सुन्न पाउनुहुने छैन।

हाम्रो भाषाले सन् १९९२मै संवैधानिक मान्यता पाए तर खै त आफ्नै क्षेत्रमा हाम्रो भाषाले मान्यता पाएको?’

मैले सबैको अनुहार हेरे र भनें, ‘कुरा बुझ्नु भो नि है साथी हो। गहिरो छ । यतिमात्र कहाँ हो र त्यस किताबमा हाम्रो असफलताको ऐतिहासिक प्रमाणहरू पनि छन्। हामीलाई जात जातमा टुक्र्याउने षड्यन्त्र कसरी भइरहेछ भन्ने विषयमा विमर्श छ। हस्तक्षेप लेखनको पृष्ठभूमि छ। कविताको बाटो हिँड्नुको दर्शनमा विभिन्न क्षेत्रका कला नियोजित वातावरण बीचका रियलिस्टिक प्रदर्शनी छ। ‘संवादका हत्या’ गजबको छ । ‘इतिहास केलाएर बस्नेहरूको दुःखको’ पीडा बोधार्थ मर्म छ। किताब खोजेर पनि पढ्नुहोस् है। ‘बन्दुक र अक्षर’, ‘मोदी भर्सेस पोयट्री’, ‘निमाले अब कविता लेख्छ’, ‘बङ्गाली कविताको भोक’, ‘च्याप्टो कविको शक्ति’, ‘भानु राजनीति’,  ‘गाबोलाई पत्र’,। गज्जको आँट मानुपर्छ ‘अम्बर अक्षर’-मा। ‘शब्द म्याराथन’ पनि छ। यसमा वर्तमान हामीले भोगिरहेका सबै थोक छ। एकपटक किताब पढिहेर्नुस,  सबै थाहा पाइहाल्नु हुन्छ।’

म अलिकति आवेगिएँ पनि, ‘एकपटक मनोज बोगटी र संवेदी प्रश्न पढ्नु होस्। विचार गर्न सिक्नुहोस् । गजबको विचार । यस्तो पो हुन्छ त विचार।’

हाम्रो विचार माथिको विमर्शमा आज संवेदी प्रश्न थियो। सबैले किताब नहुनुको चुकचुक देखाए। सबैले किताब पढ्ने र फेरि कुरा गर्ने सल्लाह भय़ो। त्यसपछि हामी चिया पसलबाट बाहिर निस्क्यौं । बाहिर अँध्यारो थियो । हामी सबैले छोटो रुपमा भएपनि ‘संवेदी प्रश्न’- लाई मगजको खल्तीमा हालेर त्यहाँबाट छुट्यौं। मनमा भने त्यहीँ विचारको हैङ्गओभर सलबलाउइरह्यो। सायद समयको धारसँग बग्न चहाँदो  हो विचार। विचार  चिया झैँ तातिन्छ, सेलाउँछ, फेरि उम्लिन्छ। घडीको काँटासँगै  समय र साँझ  गन्यो होला, तर विचार भने अझै  मनको कुनामा कतै अलमलिरहेछ।

आज शनिबार।

बाबु छोरा दुवैको स्कुल बन्द छ । यसैले सबै घरमै छौं । श्रीमतिले अघि नै मध्यान्ह घर धन्दा सिद्ध्याइ सकेकी छिन् । अब छोरोलाई भोकल क्लाससम्म पुर्‍याउने तरखर चलिरहेछ  । एकै क्षणमा हामी सबै तयार भएर घरबाट निस्क्यौं । माथि नमस्ते गोलाई पुग्दा मस्जिदबाट एक हुल मानिसहरू मध्याह्नको नमाज पढेर घर फर्किरहेका थिए।

हामीलाई नेपाली साहित्य सम्मेलन भवन अघि चानमारी जाने बाटै छेउ स्मृति गुरुमाको घरसम्म पुग्नु छ । बिस्तारै हामी गुरुमाको घरमा क्लासको निम्ति छोरोलाई छोडिराखेर बाटा जुत्ता दोकान उकालै उकालो लाग्यौं । श्रीमतिले आज चौरस्ता जाने इच्छा गरिन् । हामी बिस्तारै चौरस्तातिर लाग्यौं । चौरस्ता अचेल दार्जिलिङेहरूका मुटु बनिसकेको छ। अङ्ग्रेजहरूले आफ्ना निम्ति सन् १८३४-३५ तिर दार्जिलिङ शहर बसाल्दा चौरस्ता उनीहरूका निम्ति घुमफिर गर्ने ठाउँ थियो रे । अहिले चौरस्ता स्वदेशी र विदेशी पाहुनाका निम्ति ग्रीष्मकालीन छुट्टी बिताउने ठाउँको भएको छ।  यतिबेला  चौरस्तामा उस्तै पर्यटकहरूका बाक्लो भीड देख्न सकिन्छ । हामी यसैको मुखमा अवस्थित वाटर फाउन्टेन नजिकै बसेका छौं ।  त्यहाँबाट सोझै  घोडा तबेला देखिन्छ । अङ्ग्रेजकालदेखि नै यहाँ घोडा राख्ने चलन रहेकोले आज पनि  पर्यटकहरूका मनोरञ्जनको साधन घोडा त्यहीँ राख्ने चलन छ।

उहिले नै अङ्ग्रेजहरू यसै ठाउँबाट घोडा चडेर मालरोड घुम्ने गर्थे रे। यहाँबाट उनीहरू घोडा लिएर बर्च हिल, घूम, भोटिया बस्ती जान्थे रे। पछि सन् १९२९ मा नगरपालिकाले सन्त सिंहको बोलपत्र अनुसार एक हजार एक सय उनान्नसाठी  रुपियाँ खर्च गरेर त्यस बेला तबेलाको निर्माण गरेछन्। हामी त्यही चौरस्ताको रमितासँग टोलाइ रहेका थियौं। पर तुङ्सुङ जने तेर्सोबाट दुई भाइ साथीहरू हामी भए तर्फ नै आइरहेका थिए । हामीलाई देख्नेबित्तिकै परैबाट हात हल्लाएर दुवैले अभिवादन जनाए। ती दुई जनाको अनुहारले मलाई त्यही दिनको सम्झना तर्फबाट दोहोर्‍याइ रहेछ। दुई भाइ नजिक आएपछि  केहीबेर हामी माझ एकाआपसमा हालखबर साटासाट हुनु स्वभाविक थियो।

केही क्षणको गन्थन पछि फेरि अस्तिकै  गफ शुरु भयो।

साथीले थपे, ‘मैले संवेदी प्रश्न पढे नि।’

‘ए हो?’

उसले भन्यो-‘त्यस दिनको चर्चाले त किताब  खोजेरै पढ्न बाध्य गरायो नि। किताब साच्चिकै बेजोड रहेछ । किताबमा वर्णित लेखकको निजी जीवन र भोगाइका प्रसङ्गहरूले त झनै  मन दु:खेर आउँदो रहेछ । लेखक आफ्ना  जीवनका आरोह अवरोहहरूमा दुःख्नसम्म दु:खेका रहेछन्। भनौं  दुःख गरेका रहेछन्।’

मैले भनें, ‘दुःख गरेका थिए र त अहिले  दुख्न जानेका छन् । बुद्ध पनि दुःखसँग दुःखेरै त बुद्ध बनेका हुन्।’

अब हामी चर्चाका लटठी टेक्दै भानुभक्त आचार्यको मूर्ति भए तर्फ नै बढिरहेका थियौं । अर्को साथीले भने, -‘भानु राजनीति विषयक कुरा पनि छ है किताबमा ?’

‘हजुर’, भनिदिएँ।

‘पहाडका कतिपय ठाउँमा भनु जयन्ती कसरी मनाइन्छ । त्यसदिन अनेकौं दुःख र अभावहरू पन्स्याएर पनि मानिसहरू किन र कसरी हाँसीहाँसी दिन काट्न त्यहाँ पुग्छन् । त्यही भानु जयन्तीले कतिलाई कवि बनाए । कतिलाई नाटककार, कतिलाई सङ्गीतकार , गीतकार , कलाकार  आदि बनाए। यसको पछि अर्को तथ्य भानु जयन्तीसँग दार्जिलिङमा भाषिक राजनैतिक उम्रँदै आएको हो भन्ने प्रसङ्ग पनि छ। यसमा पुनर्विभाजन तथा नेपालीहरूलाई एकीकृत गर्ने नीतिको विस्तार जस्ता कुराहरू पाइन्छन्’, साथीले यस कितावबाट बुझेका कुरामा भटाभट सुनाउँदा  मैले सहमति जनाइदिएँ।

ऊ खुशी भएर अरू थोक माथि पनि चर्चा शुरू गर्दै गए । हामी उसको कुरा सुनिरहेका थियौं । ऊ अझ उत्तेजित हुँदै भन्न थाले,  ‘साथी  मनोज बोगटीले “म्याल्कम ग्ल्याडवेल (Malcolm Gladwell) पढेका होलान्?’

मैले  सोधें, ‘किन?’

उसले जवाफ दियो, ‘उनी पनि एक निडर क्यानाडेली पत्रकार र ननफिक्सन लेखक हुन्। उनले पनि सामाजिक व्यवहार र मानव मनोविज्ञानमा आधारित  थुप्रै लेखहरू लेखेका छन्। ग्ल्याडवेलका  Outliers, The Tipping Point, Blink- को पनि विशेषता: यस्तै स-साना घटनाहरूले कसरी ठूलो परिवर्तन ल्याउँछन् भन्ने नै हो । बोगटीको विश्लेषण पनि मलाई उस्ता उस्तै लागे। म्याल्कम ग्ल्याडवेलको तथ्य र सत्यलाई जोडेर लेख्ने  शैली अत्यन्त प्रभावशाली छ। उस्तै  मनोज बोगटीका विचार  पनि।’

‘ होलान्, तर कति लेखमा त मलाई बिल ब्रायसन (Bill Bryson) झैं  बोगटी पनि इतिहास, यात्रा र राजनैतिक  तथा सामान्य जीवनका विषयहरूलाई रमाइलो र सरल भाषामा प्रस्तुत गर्न सिपालु देखिन्छन् । उनको सृजनाले पक्कै पनि साधारणदेखि उच्च बौद्धिक मानिसहरूसम्मका मन जित्छ सफल बनेको छ।’

साथीको विचारमा मलाई केही भन्नू थिएन । हामी दुवै श्रीमान श्रीमति  चुपचाप  थियौं ।

‘गाबोलाई पत्र’-पनि त खतरै रहेछ,’  उसले सुनायो, ‘अठाह्रौं शताब्दीसँग पौँठेजोरी खेल्दै कोलम्बियनहरूले कसरी स्पेनिस उपनिवेशवादको असर र अमेरिकी पुँजीवादको हस्तक्षेपसँग भारती गोर्खाहरूको नियति  मिल्दोजुल्दो छ? यो खोजपूर्ण तुलना समय सापेक्ष देखिन्छ।’

उत्तरमा मैले टाउको हल्लादिएँ। मसँग उसलाई दिन केही वाक्य सम्म थिएन । उसले अझ किताबको प्रसङ्गहरू जोडदै ‘प्रेमिल प्रश्न’-हरूमाथि चर्चा शुरू गरे । ‘त्यसमा रहेका कतिपय घटना र वाक्यहरूले त साथी साच्चै हृदय पग्लेर आउँदोरहेछ’,  उसले भन्दै गए।

‘कुन वाक्यले हृदय पगाल्यो?’, मैले सोधें।

उसले बोकिराखेको किताब निकाल्यो र सुनाउन थाल्यो,- ‘सपना, भविष्य, दुःख र सङ्घर्ष बोकेर पहिलोपल्ट बाबा र आमा हुँदै गरेको उसको र मेरो जीवन त्यही पैह्रोमा अडिएको थियो ।

तर, हामीले कसम खाएका थियौँ, उसलाई अस्पताल पुऱ्याउनेछौँ । त्यसैकारण धेरैको घुँडा घस्रियो । चोट लाग्यो । खुट्टै र‌ड्कियो तरै पनि हामीले उसलाई लडाएनौँ । अण्डाजस्तो जोगायौँ ।

हामीले उसलाई पैह्रोबाट ताऱ्यौं ।

पैह्रो तरेपछि लाग्यो- संसारका सारा दुःखहरूबाट छुटकारा पाइयो ।

पैह्रोबाट हरियो बाँसमा तारेर जलढका अस्पताल पुऱ्याइए पनि उसको पीडा निको भएन । मासिक आठ सय तनखा (तँ नखा) पाउने शिक्षक-शिक्षिका हामी । गोजीमा उस्तो रकम पनि छैन । उसलाई लैजानुपर्ने भयो, कालेबुङ अस्पताल ।

कसरी लगें ? मलाई त्यो भन्नु मन छैन….’

सुनाइसकेर भन्यो, ‘ यस घटनाले त मलाई झण्डै रुवायो नि।’

अर्का साथीले भने –‘मनोज बोगटी आफै पनि एक सफल कथाकार , अनुवादक, समिक्षक,  आलोचक, पत्रकार , विश्लेषक हुन्।  उनका सृजनामा बेसी भाग जराकै कथा पाइन्छन्। भारतीय गोर्खाहरूले भोग्दै आइरहेका  सामाजिक राजनैतिक सरोकारमाथि सवाल लक्षेप्रै पाइन्छन्। संवेदी प्रश्नमा पनि त उसले  एउटा साचो नागरिकले गर्नुपर्ने साचो धर्म बखुबी निर्वाह गरेका छन्। भारतीय गोर्खा समाजलाई सरकार र सत्तारूढ शासकले कसरी अहिलेसम्म अलमलाउँदै आइरहेका छन्। हाम्रा इतिहासहरूलाई कुल्चिदै हिँड्ने शासकहरूप्रति हाम्रा राजनैतिक विचारहरू किन यति सारो निम्छरा छ ?  भन्ने  जस्ता संवेदी प्रश्नले एक फेर सबैलाई घचघच्याउँन सक्छ।’

यतिबेलै मेरो मोबाइल फोन बज्यो । यसो हेरे स्मृति गुरुमाको रहेछ ।

‘नानीले सक्यो भाइ लिन आउनुहोस्।’

मैले दुवै साथीहरूसँग बिदा मागें। श्रीमति र म ओरालै ओरालो लाग्यौं। यसरी हिँडिरहँदा मलाई एउटै कुराले सताइरह्यो। आजको  चर्चामा विशालजी थिएनन्। उनी भइदिएको भए चर्चा अझ  रोचक हुनेथियो कि?

घर आएपछि श्रीमतिले भनिन्, ‘अघि तपाईंहरूले चर्चा गरिरहनु भएको किताब कुन हो?’

मैले भनें, ‘मनोज बोगटीको संवेदी प्रश्न।’ 

उसले केही उत्साहका साथ भनिन्, ‘निकालिदिनु होस् त, म पनि  भरेदेखि पढ्छु।’

मैले सोचें, एक लेखकको सफलता नै यही त हो, किताबको गफ सुन्दै किताब पढू पढी लाग्नु।

मैले किताब निकालेर श्रीमतिलाई थमाएँ।

———————————————————————————————

लेखक लिटरेरिया पब्लिकेसन्सका संस्थापक हुन्

केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए

Sikkim Police Conducts Building Bonds Outreach Programme in Soreng District

41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 आगामी 16 नोभेम्बरदेखि शुरू हुने

केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessEconomyIndustryMarketingSA NepaliSikkim

कौशल विकासमाथि जिल्ला आउटरिट कार्यक्रम सम्पन्न

Aaron Rai Aaron Rai July 8, 2025
State BJP chief slams hike in trade licenses & shop rent fees
‘स्टेडियम रन 2025’ मा भाग लिन धावक अमर सुब्बा हैदराबाद प्रस्थान
धावक अमर सुब्बाले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ को लागि दिए धन्यवाद
DoNER Ministry greenlights major healthcare projects in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?