गान्तोक, 07 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले पार्टीका नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठकहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। उक्त बैठकहरू अध्यक्ष राईको मल्लीडॉंड़ास्थित आवासमा 28 जून, 2 जुलाई र 7 जुलाईमा सम्पन्न गरिएको पार्टीद्वारा आज जारी प्रेस विज्ञप्तिमा बताइएको छ।
उक्त बैठकहरूमा सीएपी अध्यक्षले पार्टीका प्रमुख नेताहरू र प्रतिनिधिहरूसँग व्यापक व्यक्तिगत छलफल गरे। यी सत्रहरूमा संगठनात्मक शक्तिको समीक्षा, जारी आउटरिच कार्यक्रमहरूको प्रभावकारिताको मूल्याङ्कन र भविष्यका राजनीतिक संलग्नताहरूको दौडमा पार्टीको कार्यसम्पादन र तयारीको मूल्याङ्कन गरिएको बताइएको छ।

यी बैठकहरू केवल प्रशासनिक समीक्षा मात्र नभई स्वच्छ शासन, पारदर्शिता र नागरिक-प्रथम राजनीतिप्रति पार्टीको प्रतिबद्धताको पुन: पुष्टि रहेको विज्ञप्तिमा जनाइएको छ। बैठकहरूले नेतृत्वमा जोश, अनुशासन र राजनीतिक उद्देश्यलाई पुनर्जीवित गर्न, पार्टीको दृष्टिकोण र सिक्किमका जनताको आकांक्षासँग पुन: जोड्न एक मञ्चको रूपमा काम गरेको बताइएको छ।

सीएपी अध्यक्ष राईले कुनै पनि राजनीतिक आन्दोलनको बल नारामा होइन, जनतासँगको यसको सम्बन्धमा निहित हुन्छ भनी बताए। उनले यी बैठकहरू केवल फाइलहरू र तथ्याङ्कहरूको समीक्षा गर्ने बारेमा होइन, तर नागरिकहरूसँगको हाम्रो नैतिक सम्झौतालाई पुन: स्थापित गर्ने बारे रहेको बताए। उनले हामी यहाँ सेवा गर्न, सुन्न र कार्य गर्न आएका छौं भन्ने सन्देश दिएका थिए।
प्रथम चरणका बैठकहरूले आगामी दिनहरूमा अझ जोशिलो, केन्द्रित र अर्थपूर्ण राजनीतिक कार्य गर्न नेतृत्वहरूलाई पुन: ऊर्जावान बनाएको बताइएको छ।



