By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > ९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा
Art & LiteratureOpinionSA NepaliSikkim

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

Suk Raj Aaron Rai
Last updated: September 11, 2025 2:30 pm
Suk Raj Aaron Rai Published September 11, 2025
Share
SHARE

गान्तोक, ११ सेप्टेम्बर:
सिक्किम अकादेमीले प्रख्यात साहित्यकार तथा सांस्कृतिक व्यक्तित्व दिवङ्गत पदमसिंह सुब्बा अपतनको जन्मजयन्तीको अवसरमा ९औँ पदमसिंह अपतन स्मृति व्याख्यान–२०२५ बुधबार गान्तोकस्थित मनन केन्द्रको मिनी थिएटरमा आयोजना गर्यो।
यस वर्षको व्याख्यान “शब्दपारको ज्ञान : साहित्य, दर्शन र जीवन” विषयमा केन्द्रित थियो। उक्त व्याख्यान सिक्किम विश्वविद्यालयका व्यावसायिक अध्ययन संकायकी डीन तथा विभागाध्यक्ष एवम् एनईपी २०२० समितिकी अध्यक्ष प्रा. युडिडा भोटियाले प्रस्तुत गरिन्। उहाँले साहित्य, दर्शन र जीवनकलाबीचको अन्तरनिहित सम्बन्धलाई प्रकाश पार्दै सिर्जनात्मक र बौद्धिक यात्रामार्फत ज्ञानको खोजी गर्न सहभागीहरूलाई प्रोत्साहित गरिन्। सो क्रममा प्रा. भोटियाले सुकरात र प्लेटोजस्ता ग्रीक दार्शनिकका विचारहरू तथा गीता लगायतका पूर्वीय दर्शनका गहन शिक्षाहरूको महत्वबारे समेत जानकारी दिइन्।
सिक्किम अकादेमीका अध्यक्ष एस.आर. सुब्बाले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्न तथा जीवनलाई सार्थक बनाउन निरन्तर प्रयत्नशील रहन आग्रह गरे। उनले अपतन सुब्बाको योगदानलाई स्मरण गर्दै हरेक वर्ष स्मृति व्याख्यानमार्फत नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने परम्परा अघि बढाइरहेको बताए। सो अवसरमा डा. दिना सुब्बाले वक्ताको परिचय प्रस्तुत गरे भने कार्यक्रमको सञ्चालन पूर्ण योञ्जनले गरे।


सांस्कृतिक कार्यक्रमअन्तर्गत सङ्गिनी नृत्य तथा नेपाली लोक नृत्य प्रस्तुत गरियो। तपश्री डान्स एकाडेमीकी निर्देशक कोमल गुरुङलाई सिक्किम राज्यत्वको स्वर्ण जयन्तीको अवसरमा प्रस्तुत नृत्यमार्फत गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा नाम दर्ता गराउनुभएको उपलब्धिका लागि सम्मानित गरियो।
कार्यक्रमका प्रमुख अतिथि इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम (आइटीएस) का उपाध्यक्ष सी.पी. शर्माले पदमसिंह सुब्बा अपतनको साहित्यिक योगदानको प्रशंसा गर्दै उनको जीवन र कृतिबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिए। आफू पनि गाउँले पृष्ठभूमिबाट आएका कारण उनको व्यक्तित्वले विशेष प्रेरणा दिएको बताउँदै शर्माले पुराना परम्परा र लोकज्ञानप्रति युवापुस्ताको सरोकार आवश्यक भएको उल्लेख गरे। उनले भने, “हाम्रा पुर्खाहरू वैज्ञानिक थिए। गणित र विज्ञान औपचारिक रूपमा विकसित हुनुभन्दा पहिल्यै उनीहरूले अनुभव र अभ्यासका आधारमा विज्ञानसम्मत निर्माणहरू सम्पन्न गरेका थिए।” यसका पुष्टि स्वरूप उहाँले विभिन्न उदाहरणहरू प्रस्तुत गरे।
समारोहमा स्रोत वक्ता, प्रमुख अतिथि तथा सांस्कृतिक प्रस्तुति गर्ने कलाकारहरूलाई सम्मान प्रदान गरिएको थियो।
लेखक, शैक्षिक व्यक्तित्व, विद्यार्थी तथा साहित्यप्रेमीहरूको व्यापक सहभागितामा सम्पन्न यस कार्यक्रममा पदमसिंह सुब्बा अपतनको दीर्घकालीन साहित्यिक र सांस्कृतिक योगदानलाई स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

Pakyong DC assesses impact of Lower Bering landslide

Pelling Celebrates 50 Years of Statehood with Paragliding and Cultural Showcases

CM Attends Flying Festival and Paragliding Accuracy Championship 2026 at Rorathang

राजधानीमा अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजित

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessEconomyInvestmentLatest NewsSikkimStartupTourism

CM Inspects Various Infrastructural Projects Under Soreng District

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 4, 2025
क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने
14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन
भूकम्पको झट्काले फेरि हल्लियो सिक्किम
गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिले राज्यपालसँग गर्यो शिष्टाचार भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?