गान्तोक, 1 दिसम्बर। पाकिम जिल्लामा जङ्गली बॅंदेलको शिकार गर्नु गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ। मृतक व्यक्तिको नाम सत्कार सुब्बा बताइएको छ। लगभग 25-27 वर्षीय मृतक अप्पर बिरिङ निवासी थिए।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, पाकिम पुलिस थाना क्षेत्र अन्तर्गत अप्पर बिरिङ निवासी सत्कार सुब्बाको गोली लागेर मृत्यु भएको छ। लगभग 25-27 वर्षीय मृतक सुब्बा गाउॅंकै हर्क बहादुर राईसॅंग दोङरोङ बस्तीमुनि रिचु खोलामा जङ्गली बॅंदेलको शिकार गर्न गएका थिए। यस घटनाको जानकारी स्वयं हर्क बहादुर राईले पाकिम पुलिस थानामा दिएका छन्।
31 वर्षीय आरोपी राई पुलिस थानामा उपस्थित भएर 29 नोभेम्बर दिउॅंसो लगभग 3:30 बजी जङ्गली बॅंदेलको शिकार गर्ने क्रममा स्थानीय रूपमा बनाइएको हतियार खदुवा प्रहार गर्दा सत्कार सुब्बालाई लागेको र घटनास्थलमा उनको मृत्यु भएको जानकारी गराए। यसपछि, पुलिस दल घटनास्थल पुगेर निरीक्षण गर्दा सत्कार सुब्बाको शव र हतियार भेट्यो। सुब्बाको दाहिने छातीमा गोली लागेको बताइएको छ।
आरोपी राईले उक्त हतियार पनि आफै बनाएको कुरा स्वीकार गरेका छन्। यस घटनाको सम्बन्धमा पुलिसले बीएनएस, 2023 को धारा 103 र आर्म्स एक्ट, 1959 को धारा 25/27 अन्तर्गत मामिला दर्ता गरेको छ। आरोपी व्यक्तिलाई पक्राउ गरि पुलिसले मामिलाको जॉंच शुरू गरेको छ।
Leave a comment


