By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल
BrandingBusinessEconomyNationalOpinionPolitician

नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल

Aaron Rai
Last updated: January 16, 2026 4:52 am
Aaron Rai Published January 16, 2026
Share
SHARE


गान्तोक, जनवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले नीति आयोगका उपाध्यक्ष सुमन के. बेरीलाई मिन्तोकगाङस्थित उनको सरकारी निवासमा भेटेर राज्यको विकास प्रगति, प्रमुख उपलब्धिहरू र भविष्यका प्राथमिकताहरूको समीक्षा गरेका छन्। यस अवसरमा नीति आयोगका सदस्य प्रो. रमेश चन्द, राज्य सल्लाहकार (सिक्किम) नीति आयोग डा. दर्पजित सेनगुप्ता, मुख्य प्रशासक एवं क्याबिनेट सचिव वीबी पाठक, मुख्य सचिव आर. तेलाङ लगायत अन्यहरू उपस्थित थिए
बैठकमा उपाध्यक्ष बेरीले राष्ट्रिय स्तरमा प्रतिव्यक्ति आयमा चौथो स्थानबाट पहिलो स्थानमा पुगेको सिक्किमको असाधारण वृद्धि एवं उल्लेखनीय प्रगतिको प्रशंसा गरे। उनले यस उपलब्धि पछाडिको प्रेरणा र नीतिगत रूपरेखा बुझ्न गहिरो चासो व्यक्त गरेको सीएमओले आज प्रेस विज्ञप्तिमा बताएको छ।
मुख्यमन्त्रीले यो सफलताको श्रेय राज्य सरकारको जनता-केन्द्रित शासनप्रतिको अटल प्रतिबद्धतालाई दिए। उनले पर्यावरणीय पहल मेरो रुख मेरो सन्तति र शिशु समृद्धि योजनाको उल्लेख गर्दै यस कार्यक्रमले वन क्षेत्रको उल्लेखनीय २.९ प्रतिशत वृद्धि हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको जानकारी गराए।
मुख्यमन्त्रीले चुनौतीहरूको बारेमा चर्चा गर्दै पर्यटन सिक्किमको अर्थतन्त्रको मेरुदण्ड रहेको, तर सिक्किमलाई देशको बाँकी भागसँग जोड्न अपर्याप्त र कमजोर सड़क पूर्वाधारका कारण अर्थतन्त्र धेरै प्रभावित हुने गरेको बताए। उनले हालैमा सम्पन्न भएको एनएचआईडीसीएलका प्रबन्ध निर्देशकसँगको बैठकमा यो मुद्दा उठाइएको र दीर्घकालीन विकासलाई समर्थन गर्न अवस्थित एनएच-१० को विपरीत नयाँ अलाइनमेन्टसहित वैकल्पिक राजमार्गलाई छिटो बनाउनु पर्ने आवश्यकतामा जोड दिइएको जानकारी गराए।
मुख्यमन्त्रीले बैठकमा जैविक खेती सम्बन्धित चुनौतीहरूको मुद्दा उठाउॅंदै १०० प्रतिशत जैविक राज्य रहन सिक्किमको निरन्तर प्रतिबद्धता रहेको बताए। उनले जैविक खेती कम मात्रा र उच्च मूल्यको उत्पादन मोडेल रहेको बताए, जसकारण किसानहरूलाई उनीहरूको उत्पादनको लागि प्रिमियम मूल्य प्राप्त गर्नु आवश्यक पर्दछ। जैविक कृषिलाई दिगो बनाउन, उनले ब्रान्डिङ, मार्केटिङ र कोल्ड-चेन पूर्वाधारमा पर्याप्त लगानीको आवश्यकतामा जोड दिए ताकि सिक्किमको जैविक उत्पादनहरूलाई प्रमुख महानगरीय बजारहरूमा पुग्न सक्षम बनोस्।
मुख्यमन्त्रीले शहरी भीडभाडको समस्यालाई सम्बोधित गर्न सेटेलाइट टाउन विकास र द्रुत शहरी गतिशीलताको महत्त्वमा जोड दिॅंदै उपाध्यक्षको सहयोग र मार्गदर्शनको लागि पनि आग्रह गरे। उनले दिगो शहरी विस्तार सुनिश्चित गर्न केबल कार र मोनोरेल प्रणालीसहित यातायातका वैकल्पिक साधनहरू समयको आवश्यकता भएको बताए।
यसैगरी, मुख्यमन्त्रीले विकसित भारत र विकसित सिक्किमको दृष्टिकोण अन्तर्गत आर्थिक वृद्धिका अवसरहरूमाथि प्रकाश पारे। उनले सिक्किम तीन दिशामा अन्तरराष्ट्रिय सीमाहरूले घेरिएको जनाउॅंदै सीमा व्यापार व्यवस्थापन र सीमा पर्यटनलाई सुदृढ पार्नुको महत्त्वमा जोड दिए। आगामी अप्रेल २०२६ देखि नाथुला व्यापार पुन: शुरु हुन लागेको उल्लेख गर्दै उनले अर्थपूर्ण र पर्याप्त व्यापार मात्रा सुनिश्चित गर्न हाल सीमित व्यापारयोग्य वस्तुहरूको सूची विस्तार गर्नका अनुरोध गरे।
यसै क्रममा, उनले चिवाभञ्ज्याङ करिडोर मार्फत नेपालसँग सीमा व्यापारलाई पुनर्जीवित गर्न आह्वान गरे, जसले विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा नयाँ आर्थिक मार्गहरू खोल्न सक्छ।
मुख्यमन्त्रीले रोजगारी सिर्जना गर्ने क्षेत्रहरू, विशेष गरी औषधि उद्योगसँग सम्बन्धित प्रमुख सरोकारहरूलाई पनि प्रकाश पारे र २०२७ पछि पनि औषधि कम्पनीहरूका लागि अनुदान विस्तार गर्न सहयोग प्रदान गर्न उपाध्यक्षलाई अनुरोध गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले प्रदान गरेको निरन्तर र पूर्ण सहयोगको सराहना गर्दै यस्तै सहयोगहरूले सिक्किमको समग्र विकास र प्रगतिलाई तीव्र बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

Indian Army leads search and rescue operations in North Sikkim

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण

District-Level Sensitisation Programme on NSP and NMBA held at Pakyong

जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो

Aaron Rai Aaron Rai May 6, 2025
Sikkim MP attends first meeting of Parliamentary estimates committee
मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए
उत्तर सिक्किममा अविरल वर्षाका कारण भएको क्षति ‘आपदा’ घोषित
CM directs swift release of temporary employees’ salaries ahead of Dashain festival
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?