गान्तोक, 08 मई । भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राङगाङ याङगाङ निर्वाचन क्षेत्रबाट आफ्नो बुथ स्तरीय सुदृढीकरण अभियान शुरू गरेको छ। यस क्रममा निया माङजिङ जीपीयूमा आज मण्डल कार्यकारी र बुथ स्तरीय सदस्यहरूसॅंग एक बैठक आयोजन गरियो। बैठकको अध्यक्षता प्रदेश अध्यक्ष डीआर थापाले गरेका थिए।
कार्यक्रममा निया माङजिङ जीपीयूकी वर्तमान पञ्चायत सदस्य एवं उपसभापति मिङ्गमा छुकी शेर्पालगायत 15 परिवार भाजपामा सामेल भएको प्रदेश भाजपाले प्रेस बयानमा दाबी गरेको छ। यो महत्वपूर्ण विकासले माङजिङमा पार्टीको बुथ स्तरीय संगठनलाई अझ बलियो बनाएको विश्वास व्यक्त गरिएको छ। प्रदेश अध्यक्ष थापाले नयॉं सदस्यहरूलाई पार्टीको स्कार्फ र झण्डा प्रदान गरेर औपचारिक रूपमा स्वागत जनाए।
सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले सबै कार्यकर्ता र नयाँ सामेल भएका सदस्यहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भाजपाको विचारधारालाई कडाइका साथ पालना गर्दै जनताको कल्याण र संगठनात्मक विस्तारमा आफूलाई समर्पित गर्न आग्रह गरे।
यो अभियानको उद्देश्य निरन्तर बुथ-स्तरीय संलग्नता र विस्तार मार्फत राज्यभर पार्टीको तल्लो तहको उपस्थितिलाई सुदृढ पार्नु रहेको बताइएको छ।
Leave a comment


