By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    मुख्यमन्त्रीले अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सामूहिक रूपमा काम गर्न आह्वान गरे
    August 28, 2026
    एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
  • Politics
    PoliticsShow More
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
Latest NewsNationalOpinionPolitics

इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप

Suk Raj Aaron Rai
Last updated: August 28, 2026 4:26 pm
Suk Raj Aaron Rai Published August 28, 2026
Share
SHARE

गान्तोक, 28 अगस्त। दिल्लीमा काम गर्न गएकी सिक्किमकी इन्द्रकला राई बेपत्ता बनेपछि उनलाई उद्धार गरी सकुशल सिक्किम ल्याइएको छ। यता, राईको उद्धारलाई लिएर सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र विपक्षी सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमबीच श्रेयको होडबाजी शुरु भएको छ। इन्द्रकला राईलाई दिल्लीमा उद्धार गर्न सीएपीले महत्वपूर्ण भूमिका खेलेको, तर एसकेएम सरकारले आफ्नो राजनैतिक फायदाको लागि षड्यन्त्रपूर्वक श्रेय लिइरहेको सीएपीले आरोप लगाएको छ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा सीएपी सोरेङ जिल्ला अध्यक्ष पेम दोर्जी शेर्पाले इन्द्रकला राई रुम्बुक, दरामदिनकी बासिन्दा रहेको र रोजगारीका लागि दिल्ली पुगेपछि बेपत्ता भएको जानकारी दिए। घटना सीएपीको जानकारीमा आएपछि दिल्लीमा रहेका पार्टीका राष्ट्रिय संयोजक पविन हाङ सुब्बाको सहयोगमा उनको खोजी शुरु गरिएको उनले बताए।उनका अनुसार, केही दिनको निरन्तर प्रयासपछि राईलाई दिल्लीमै फेला पारिएको थियो। तर, यो विषय एसकेएम सरकारको जानकारीमा आएपछि सरकारले तत्काल सक्रियता देखाउँदै राईसँग सम्पर्क गरी उनलाई सिक्किम फर्काएको उनले दाबी गरे।

पेमा दोर्जी शेर्पाले एसकेएमले राजनीतिक लाभ लिनकै लागि घटनालाई आफ्नो पक्षमा प्रयोग गर्न खोजेको आरोप लगाए। उनले भने, “एसकेएमले यो विषयबाट राजनीतिक फाइदा लिन खोजेपछि हामीलाई पनि यसबारे बोल्न बाध्य हुनुपर्यो।”

यसैगरी, सीएपी सोरेङ जिल्ला युवा अध्यक्ष आसबीर साम्पाङ राईले इन्द्रकला राई आफ्नै छिमेकी रहेको बताए। उनका अनुसार, राई २४ जुलाईदेखि दिल्लीमा बेपत्ता थिइन्। उनी बेपत्ता भएको १४ दिनपछि आफू रुम्बुकस्थित उनको घरमा पुगेर परिवारका सदस्यहरूसँग भेटेको उनले बताए।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले दिल्ली पुगेर आफ्नै खर्चमा खोजी गर्न सक्ने अवस्था नरहेको उनले बताए। त्यसपछि सीएपीका राष्ट्रिय संयोजक पविन हाङ सुब्बामार्फत दिल्लीमा राईको खोजी कार्य अघि बढाइएको र केही दिनको प्रयासपछि उनलाई फेला पारिएको उनले दाबी गरे।

उनले राई फेला परेपछि एसकेएम पक्ष दिल्ली पुगेर उद्धारको श्रेय लिन खोजेको आरोप लगाए। मुख्यमन्त्रीले इन्द्रकला राईलाई रोजगार उपलब्ध गराउने आश्वासन दिएको उल्लेख गर्दै उनले त्यस निर्णयको स्वागत गरे। तर, इन्द्रकला राईका घरमा दुई छोरी रहेको उल्लेख गर्दै उनले भने, “यदि मुख्यमन्त्री वास्तवमै उनको परिवारप्रति चिन्तित हुनुहुन्छ भने उनका दुई छोरीलाई पनि रोजगारीको व्यवस्था गरियोस्।”

सीएपीका प्रवक्ता एडु छिरिङ भोटियाले भने प्रत्येक विषयलाई राजनीतिकरण गर्नु उचित नभएको बताइन्। उनले मानवीय आधारमा आफूहरूले कुनै राजनीतिक लाभको अपेक्षा नगरी चुपचाप सहयोग गरेको दाबी गरिन्।

उनले भनिन्, “हामीले मानवीय आधारमा काम गरेका हौँ, राजनीतिक लाभ लिन होइन। मुख्यमन्त्रीले हरेक राम्रो कामको श्रेय लिन चाहनुहुन्छ भने गलत कामको जिम्मेवारी पनि लिनुपर्छ।”

समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने

राजधानीमा पानीको अभावलाई ध्यानमा राख्दै दिनमा एक पटक मात्र पानी आपूर्ति गरिने

Multi-Disciplinary Team set to conduct Susceptibility Study of 5 High-Risk Lakes of Sikkim

पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा

Minister holds coordination meeting with Labour officials

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessEconomySikkim

प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 27, 2025
एसआईआरको आधारभूत सन्दर्भको रूपमा १९७४ को मतदाता सूचीलाई प्राथमिकता दिन भाजपाको आग्रह
बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री
मुख्यमन्त्रीद्वारा फ्लडलाइटको उद्घाटनपछि मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न
Sikkim CM inaugurates synthetic turf playground at Holy Cross School
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?