गान्तोक, 17 मई। सिक्किमकी प्रख्यात पर्वतारोही मणिता प्रधानलाई प्रथम केदार-थलरुपा स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ। सोरेङ जिल्लास्थित एकता प्रकाशनद्वारा स्थापना गरिएको यो पुरस्कार सिलगढीमा आयोजित एक विशेष समारोहका बीच प्रदान गरिएको हो।समारोहमा सोरङ-च्याखुङ क्षेत्रका विधायक आदित्य गोलेले मणिता प्रधानलाई सम्मान प्रदान गरे। सम्मानस्वरूप उनलाई 21 हजार रुपैयाँ नगद, ताम्रपत्र, सम्मान-पत्र तथा अंगवस्त्र प्रदान गरिएको छ।आयोजकका सदस्य तथा साहित्यकार सीपी शर्माले जानकारी दिँदै केदार-थलरुपा स्मृति पुरस्कार अबदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सिक्किमका नागरिकहरूलाई प्रदान गरिने बताऊ। आफ्नो माता पिताको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने योजना रहेको उनले जानकारी दिएका छन् उल्लेखनीय छ, मणिता प्रधान यसअघि पनि सिक्किमको प्रतिष्ठित ‘सिक्किम रत्न पुरस्कार’ बाट सम्मानित भइसकेकी छन्। उनी पूर्वोत्तर भारतकी पहिलो महिला पर्वतारोही हुन जसले सगरमाथा सहित विश्वका सात प्रमुख शिखरहरूमा सफल आरोहण गरेर इतिहास रचेकी छन्।सम्मान ग्रहणपछि प्रतिक्रिया व्यक्त गर्दै मणिता प्रधानले आयोजन समिति प्रति आभार व्यक्त गरिन्। उनले नेपालस्थित माउन्ट एभरेस्ट (सगरमाथा) आरोहणमा सफलता हासिल गरेपछि आफूलाई सर्वसाधारणबाट अपार माया र समर्थन प्राप्त भएको बताइन्। साथै, हरेक पर्वतारोहीको सपना माउन्ट एभरेस्ट फतह गर्नु नै हुने उल्लेख गर्दै उनले दृढ संकल्प र निरन्तर मेहनतका कारण आफूले त्यो लक्ष्य हासिल गर्न सफल भएको बताइन्। मनिता प्रधानले पुरस्कारका लागि एकता प्रकाशनप्रति आभार व्यक्त गरेकी छिन्।


