By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
CultureNationalSA NepaliSikkim

मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे

Suk Raj Aaron Rai
Last updated: August 8, 2026 3:33 pm
Suk Raj Aaron Rai Published August 8, 2026
Share
SHARE

गान्तोक, 08 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज राजधानीको मनन केन्द्रमा आयोजित राज्यस्तरीय टेन्दोङ ल्हो रुम फात २०२६ समारोहमा सहभागी बने। टेन्दोङ ल्हो रुम फात २०२६ को लेप्चा समुदायलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री तामाङले याङथोमको तेस्रो संस्करणका आयोजकहरूलाई बधाई दिए। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किमको परम्परागत लेप्चा नाम ‘मायेल ल्याङ’ सँग लेप्चा समुदायको गहिरो सम्बन्ध तथा प्रकृतिसँगको उनीहरूको सदियौँदेखिको आत्मीय सम्बन्धबारे चर्चा गरे। टेन्दोङ पर्वतसँग सम्बन्धित परम्परागत कथाको स्मरण गर्दै उनले यो पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा पर्यावरण संरक्षणप्रतिको जिम्मेवारीलाई थप सुदृढ़ बनाउने प्रतीक रहेको बताए।मुख्यमन्त्रीले सिक्किमको इतिहास, संस्कृति, साहित्य, कला, संगीत, परम्परागत ज्ञान तथा पर्यावरण संरक्षणमा लेप्चा समुदायले पुर्याएको योगदानको प्रशंसा गरे। उनले प्रकृतिसँग सहअस्तित्व कायम गर्ने तथा विभिन्न समुदाय, आस्था र पहिचानप्रति सम्मान गर्ने मूल्य-मान्यताको महत्वमा जोड दिए।सरकारका पर्यावरणीय पहलहरूबारे चर्चा गर्दै उनले ‘मेरो रुख मेरो सन्तति’ योजनाबारे जानकारी दिए, जसले राष्ट्रिय ‘स्कच अवार्ड 2024’ प्राप्त गर्नुका साथै दुबईमा आयोजित सीओपी28 मा भारतको एक नवीन पर्यावरणीय पहलका रूपमा प्रस्तुत गरिएको थियो। यस योजनाअन्तर्गत शिशु समृद्धि योजनामार्फत २,०७७ परिवार लाभान्वित भएका छन्, जसमा ₹२.२४ करोड़ लगानी गरिएको उनले जानकारी दिए।उनले ‘मेरो बाटो मेरो बोट’, ‘सिक्किम पर्यावरण पर्व’ आदि जस्ता पहलहरूको पनि उल्लेख गरे। उनले पर्यावरण शिक्षा कार्यक्रम २०२३-२४ को कार्यान्वयनमा सिक्किम उत्कृष्ट प्रदर्शन गर्ने राज्यका रूपमा मान्यता प्राप्त गरेको तथा खेचीपेरी झीललाई सिक्किमको पहिलो रामसार साइटका रूपमा मान्यता दिइएको पनि जानकारी दिए।लेप्चा समुदायका लागि सरकारले अघि बढाएका पहलहरूमाथी प्रकाश पार्दै मुख्यमन्त्रीले लेप्चा भवन निर्माणका लागि प्रावधान गरिएको तथा लेप्चा, भोटिया र लिम्बू भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गर्न केन्द्रसमक्ष पहल गरिएको बताए। साथै, सरकारी कलेज, विश्वविद्यालय तथा एक निजी विश्वविद्यालयसम्म लेप्चा भाषा शिक्षणको विस्तार गरिएको र लेप्चा भाषाका लागि सहायक प्राध्यापकको पद सिर्जना गरिएको जानकारी दिए।उनले युनेस्कोको सहकार्यमा ‘रु-सोम’ अर्थात् लेप्चा समुदायको परम्परागत बाँस तथा बेतको झोलुङ्गे पुल निर्माण गर्ने सीपको पुनरुत्थान तथा अभिलेखीकरणका लागि भइरहेको पहलको पनि उल्लेख गरे। दारामदिनको स्वर्ग जाने सिँढी परियोजना ७० प्रतिशत पूरा भएको उनले जानकारी दिए।यसैगरी लिङ्थेम, जङ्गुमा सांस्कृतिक संरचनाहरूको निर्माण, बुङ्थिङहरूको वार्षिक अध्ययन तथा अनुभव आदान-प्रदान भ्रमण, लेप्चा भाषामा ई-न्युज प्रसारणको शुरुवात लगायतका पहलहरूबारे पनि उनले जानकारी दिए। मुख्यमन्त्रीले जङ्गुको हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गरिने घोषणा गरे। उनले यसलाई लेप्चा समुदायप्रति समर्पित उपहार भनी बताए। मुख्यमन्त्री शिक्षा सहायता योजनाअन्तर्गत लेप्चा समुदायका १६६ जना विद्यार्थीले उच्च शिक्षाका लागि सहायता प्राप्त गरेको पनि उनले जानकारी दिए।

59th Nathula Vijay Diwas Commemorated with Honour and Patriotic Fervour at Nathula Pass

Sikkim Urban Development Dept launches ENGAGE-2025 Campaign on Waste Management

सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyLatest NewsOpinionSikkim

मुख्यमन्त्रीले युवाहरूलाई रोजगार सृजना गर्ने बन्न प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 13, 2026
नागरिकको आवाज दबाउने प्रवृत्तिका विरुद्ध हामी सधैंँ दृढतापूर्वक उभिनेछौं: गणेश राई
सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim
मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?