By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘सिङ्गल विन्डो’ का नाममा सिक्किमका राजस्व स्रोत र परमिट बाहिरकालाई सुम्पिन लागेको एसडीएफको आरोप
    August 19, 2026
    याङगाङका मेजर विकास राईलाई ‘सेना मेडल’
    August 19, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
  • Politics
    PoliticsShow More
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
OpinionPoliticsSA Nepali

भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो

Suk Raj Aaron Rai
Last updated: August 19, 2026 10:52 am
Suk Raj Aaron Rai Published August 19, 2026
Share
SHARE

गान्तोक, 17 अगस्त। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पर्यटन तथा नागरिक उड्डयन विभागले अघि सारेको एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको स्वामित्व सिक्किम सरकारकै मातहतमा हुनुपर्ने माग गरेको छ।पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पासाङ शेर्पाले उक्त प्रणाली पर्यटक तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको सुविधाका लागि ल्याउन लागिएको भनिए पनि राज्यमा एआईमा आधारित एकीकृत प्रणालीको अवधारणा नयाँ नभएको बताए। उनले प्रणालीको स्वामित्व कसको हुने र यसको समग्र जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए। उनले भने, “एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको स्वामित्व सिक्किम सरकार नै हुनुपर्छ।”प्रवक्ता शेर्पाले सरकारी प्रणालीको जिम्मेवारी निजी पक्षलाई हस्तान्तरण गर्ने तयारीप्रति आपत्ति जनाउँदै यस्तो महत्वपूर्ण प्रणाली निजी क्षेत्रलाई दिनुको औचित्यमाथि प्रश्न उठाए। उनले “मुख्यमन्त्रीलाई कसले भ्रममा पारिरहेको छ?” भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरे।शेर्पाले प्रस्तावित शुल्क संरचना अत्यधिक महँगो रहेको दाबी गर्दै यसले सिक्किमको पर्यटन उद्योगमा नकारात्मक असर पार्न सक्ने चेताउनी दिए। पर्यटक तथा पर्यटन व्यवसायीलाई सुविधा दिने उद्देश्यले ल्याउन लागिएको प्रणालीको शुल्क नै अत्यधिक भए त्यसले पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने उनको भनाई थियो।उनले यदि एकीकृत सिङ्गल विन्डो परमिट प्रणाली निजी पक्षलाई हस्तान्तरण गरिएमा र प्रस्तावित शुल्क संरचना भोलि हुने बैठकबाट पारित गरिएमा भाजपा सडकमा उत्रिन सक्ने चेताउनी दिए। उनले आवश्यक परे पार्टीले यस विषयमा अदालतको समेत सहारा लिने बताए।यसैगरी, शेर्पाले सिङ्गल विन्डो प्रणालीको आवश्यकता आज लाइसेन्स तथा विभिन्न अनुमतिपत्र जारी गर्ने प्रक्रियामा रहेको बताए। सर्वसाधारणले लाइसेन्स लिन सरकारी कार्यालयहरूमा विभिन्न झन्झट र हैरानी व्यहोर्नुपरेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई सरल, पारदर्शी र एकद्वार प्रणालीमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिए।भाजपा प्रवक्ता शेर्पाले प्रविधिमा आधारित प्रणालीको विरोध नभएको स्पष्ट पार्दै यसको स्वामित्व, सञ्चालन, शुल्क संरचना र पारदर्शिताबारे सरकारबाट स्पष्टता आवश्यक रहेको बताएका छन्।

सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए

बिरेन्द्र प्रसादले भने, आफ्नो अधिकार खोजेको हो सीओआई र सिक्किम सब्जेक्ट होइन

City Runner offers Gangtok a chance to rethink public transport

मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट

सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentMarketingSikkimTourism

‘Nomad Sikkim’ – Yakten Becomes India’s First Digital Nomad Village

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 14, 2025
PM virtually inaugurates Tribal Research Institute on Janjatiya Gaurav Diwas
मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
मुख्यमन्त्री बोकर शेड्रा ओबार छिमेलिङ उच्च अध्ययन तथा अनुसन्धान संस्थानमा पवित्र कार्यक्रममा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?