By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
    August 21, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
  • Politics
    PoliticsShow More
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
CultureEconomySA NepaliWorld

युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु

Suk Raj Aaron Rai
Last updated: August 21, 2026 3:34 pm
Suk Raj Aaron Rai Published August 21, 2026
Share
SHARE

गेजिङ, 21 अगस्त। सिक्किमका प्राचीन तथा अत्यन्त श्रद्धापूर्वक मनाइने पर्वहरूमध्ये एक पाङ ल्हाब सोल पर्व आजदेखि गेजीङ जिल्लाको युक्सममा शुरु भएको छ। “पवित्र कञ्चनजङ्घा, आस्था र सम्पदाको उत्सव” नारासहित आयोजना भइरहेको आठदिने पर्व आगामी २८ अगस्तसम्म सञ्चालन हुनेछ।पर्वको उद्घाटन आज पीएचईडी, जलस्रोत तथा धार्मिक मामिला विभागका मन्त्री सोनाम लामाको मुख्य आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रममा गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।मुख्य कार्यक्रममा सहभागी हुनुअघि मन्त्री लामाले नोर्बुगाङस्थित मणिलाखाङमा पूजा-अर्चना गरे। पाङ ल्हाब सोल पर्व समारोह समिति, युक्समले क्षेत्र विधायक तथा मन्त्री छिरिङ टी. भोटियाको संरक्षणमा यो पर्व आयोजना गरेको हो। पर्व आयोजनामा कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज डिभिजन तथा पर्यटन तथा नागरिक उड्डयन विभागले पनि सहयोग गरेका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनाम लामाले राज्य सरकार तथा आफ्नो तर्फबाट पाङ ल्हाब सोलको अग्रिम शुभकामना व्यक्त गरे। उनले पर्वको विशिष्ट सांस्कृतिक तथा आध्यात्मिक महत्वमाथि प्रकाश पार्दै आयोजक समितिको पहलको प्रशंसा गरे। विविधतामा एकताको भावना कायम राख्दै जाति तथा समुदायको भेदभाव नगरी युवा पुस्ता पाङ ल्हाब सोलको विरासत संरक्षण तथा भावी पुस्तासम्म पुर्याउन एकजुट हुनुपर्नेमा उनले जोड दिए।मन्त्रीले सिक्किमका जनतालाई राज्यमा आयोजना हुने विभिन्न पर्वमा सक्रिय रूपमा सहभागी भई समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि सामूहिक रूपमा काम गर्न पनि आह्वान गरे। उनले राज्य सरकारद्वारा सिक्किमको विकास तथा जनताको कल्याण र उत्थानका लागि सञ्चालन गरिएका विभिन्न विकासमूलक पहलहरूबारे पनि जानकारी दिए।यस अवसरमा अल सिक्किम भोटिया एसोसिएसन (एएसबीए) ले गेजिङ जिल्ला अस्पतालको सहकार्यमा पर्वस्थलमा स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो। दिनभर सञ्चालन भएको शिविरबाट ठूलो संख्यामा स्थानीयले स्वास्थ्य सेवा लिए। मन्त्री तथा उनको टोलीले स्वास्थ्य शिविरका विभिन्न स्टलको समेत निरीक्षण गरेका थिए।आठदिने पर्वअन्तर्गत धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिनेछ। यस क्रममा २२ अगस्तदेखि फुटसल प्रतियोगिता समेत शुरु हुने आयोजकले जनाएको छ।

एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न

भारतीय सांकेतिक भाषाका आधारभूत कुराहरू सम्बन्धी कार्यशाला सम्पन्न

ताराम चु पुल नजिक पैह्रोले आवागमन अवरुद्ध, सोमवार बिहानदेखि लाचेनमा फसेका पर्यटकहरूको निकासी शुरू गरिने

पिउने पानीको संकटलाई सम्बोधित गर्न भाजपा सिक्किमले गऱ्यो मुख्यमन्त्रीको हस्तक्षेपको माग

भाजपा सिक्किमद्वारा राष्ट्रिय खेलकुद विश्वविद्यालय र साई केन्द्रहरू स्थापना गर्न आह्वान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction

SA Desk SA Desk February 1, 2025
Sikkim Partners with National Institute of Design to Boost Creative Economy
’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी
राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त
सिक्किमकी पर्वतारोही मनीता प्रधानले एन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट भिन्सन मासिफको सफलतापूर्वक आरोहण गरिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?