छिकेमी देश बंगलादेशको वर्तमान स्थिति सबैलाई थाहा छ। त्यहाँका अल्पसंख्यक हिन्दू र अल्पसंख्यक अन्य समुदायमाथि भइरहेको कथित आक्रमणका कारण केही उत्तरपूर्वी राज्यहरू र पश्चिम बङ्गालका होटलहरूले बंगलादेशी पर्यटकहरूलाई होटलमा बस्न निषेध गर्न थालेका छन्।
अब, प्राकृतिक सुन्दरता, जंगल, र वन्यजन्तुका लागि प्रसिद्ध पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लाका होटल, लज, र रिसोर्टहरूले पनि शनिवारदेखि बंगलादेशी नागरिकहरूका लागि होटलमा वास बन्द गरेका छन्। शुक्रवार बसेको एउटा बैठकपछि अलिपुरद्वार होटल ओनर्स वेलफेयर एसोसिएशनले यस्तो निर्णय घोषणा गरेको हो।
‘बंगलादेशमा भारतीय झण्डाको घोर अपमान गरिएको छ। यो अलिपुरद्वारका कुनै पनि होटल ओनर्सलाई स्वीकार्य छैन। संघको निम्ति देशको सम्मान र प्रतिष्ठा पहिलो प्राथमिकता हो’, संघले भनेको छ। हालका लागि कुनै पनि बंगलादेशी नागरिकलाई होटलमा चेक-इन गर्न नदिने निर्णय गरिएको बताइएको छ।
बंगलादेशी प्रायटकहरूलाई होटलमा प्रवेश रोक्ने यो चौथो जिल्ला-स्तरीय होटल संघ हो। गत 9 दिसम्बरमा ग्रेटर सिलगढ़ी होटल वेलफेयर एसोसिएशनले पनि दार्जिलिङ जिल्लाका पहाड र तराईका होटलहरूमा बंगलादेशी नागरिकहरूलाई वास नदिने यस्तै घोषणा गरेको थियो।
इस्टर्न हिमालयन ट्राभल एण्ड टूर अपरेटर एसोसिएशनले पनि यो निर्णयलाई समर्थन गरेको छ। मालदा जिल्लाको सबैभन्दा ठूलो होटल संघ यस्तो निर्णय गर्ने पहिलो संघ थियो, जसले महिनाको शुरुमै रोकको घोषणा गरेको थियो।