By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दुई दिवसीय अन्तरास्ट्रिय साहित्यिक महोत्सव समापन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > दुई दिवसीय अन्तरास्ट्रिय साहित्यिक महोत्सव समापन
Art & LiteratureLatest NewsSikkim

दुई दिवसीय अन्तरास्ट्रिय साहित्यिक महोत्सव समापन

SA Desk
Last updated: October 28, 2024 11:34 am
SA Desk Published October 27, 2024
Share
SHARE

गान्तोक, अक्टोबर २७(IPR): परी प्रकाशन सोरेङको तत्त्वाधानमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यि महोत्सव-२०२४ को आज दोस्रो अनि समापन कार्यक्रम गान्तोकको मनन केन्द्रमा सम्पन्न भयो।

कार्यक्रमको सभा अध्यक्षको रूपमा, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारादमनि हार्तमछालीको उपस्थिति थियो।कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिक्किम सरकारका समाननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको गरिमामय उपस्थिति रह्यो। उहाँको साथमा पूर्व विधायीका श्रीमती कृष्णकुमारी राई, सिक्किमलगायत भारत अनि नेपालका गणमान्य व्यक्तित्वहरूको उपस्थितिथि रहेको थियो।

परी प्रकाशनका अध्यक्ष श्री सी.पी शर्माले आफ्नो स्वागत सम्बोधनमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको निर्देशनमा सोरेङ जिल्लामा निर्माणाधीन टाउन हल चाडै पूरा हुनेछ त्यसपछि परीप्रकाशनको कार्यक्रम सोरेङमा नै गरिनेछ भनी जानकारी गराउनुभय‍ो। उहाँले नेपाल अनि भारतका अतिथिहरूलाई स्वगत गर्नुहुँदै प्रेक्षगृहमा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभय‍ो। परी प्रकाशनले प्रकाशित गर्दै गरेको विभिन्न पत्रिका अनि पुस्तकबारे पनि जानकारी गराउनुभयो। उहाँले सिक्किमका सम्पूर्ण साहित्यारहरूको परिचयलाई समेटिएर निर्माण गरेको पुस्तक आज लोकार्पण भएको पुस्तकबारे बोल्नुहुँदेै, अब उसो कुनै पनि सर्जकका कृति सित्तैमा पाठककोमा नजावोस् भन्ने विचारले किनेर लिनेको लागि मात्र दिने जानकारी गराउनुभयो। उहाँले थप रूपमा 1 अक्टोबरको दिन किन परी प्रकाशनको कार्यक्रम गरिएको त भन्ने कुरालाई प्रष्ट गर्दै भन्नुभयो कि, प्रत्येक वर्ष २ अक्टोबरको दिन गान्धीजयन्ती कार्यक्रम हुन्छ त्यसको अघिल्लो दिन परी प्रकाशनको स्थापना दिवस सबैलाई सम्झना रहोस् भन्ने विचारले १ अक्टोबरको दिन आयोजना गरिएको जानकारी गराउनुभयो। सिक्किमका सम्पूर्ण साहित्य संस्थाको आकडा जान्नको निम्ति सजिलो होस् भनेर परी प्रकाशनले यसको पहल गरेको पनि जानकारी दिनुभयो।

त्यसपछि सामुहिक/ धमारी शैलीमा रहेको कविता प्रतियोगिता कार्यक्रममा पहिलो द‍‍ोस्रो अनि तेस्रो हुने सोरेङ, सोमबारे अनि थर्पूका विद्यार्थीहरूको कविता वाचन प्रस्तुति रहेको थियो।

कार्यक्रममा परी प्रकाशनद्वारा प्रकाशित विभिन्न सर्जकका पुस्तक लोकार्पण भयो। परी जर्नल भाग-४ अङ्क ३ पत्रिका ल‍ोकार्पण, सिक्किमेली साहित्य कोश, साथै नन्द हाङ्खिमद्वारा लिखित- नाटक, चियाबारी साहित्य, कृति कुञ्ज भाग-१,२,३, कथाकार अर्जुन यावाद्वारा लिखित कथा सङ्ग्रह-अर्क‍ो अनुहार, मुन्ना दुलालको कविता सङ्ग्रह-अन्तिम रात, खेम नारायण सुब्बाको कविता सङ्ग्रह-शहर पसेपछि, यसैगरी पोखरा नेपालका नाटककार रामचन्द्र पोख्रेलको नाटक सङ्ग्रह-नाटक विमर्श लोकार्पण, हरिष मोक्तानका अल्लरेका २ वटा कृति मनका अहुतीहरू अनि निर्झरा कथा सङ्ग्रह लोकार्पण, यसैगरी साहित्यका श्री जी.आर खुलालद्वारा लिखित कृति कविता र आख्यान सङ्कलन कृति लोकार्पण, अभिचन्द्र दाहालकृत गीता ज्ञान र सामान्य ज्ञान पुस्तक लोकार्पण, थीरूप्रसाद नेपालकृत भारतीय नेपाली कहानी (अनुवाद) सङ्ग्रह लोकार्पण, हरिकुमार निरौलाकृत स्वेतास्वर उपनिषद् लोकार्पण, नवीन पौड्यालकृत चिन्तन समीक्षण लोकार्पण यसैगरी, पेम नर्बू शेर्पा ज्योतीको गीति एल्बम- मन सबैको चोखो भए लोकार्पण गरियो भने साथमा सुरेश सुब्बा, वियोगीको- हाम्रो सिक्किम गीति एल्बमको पनि विधिवत लोकार्पण भयो।

यसका साथै कवि प्रेमसिंह तामाङद्वारा लिखित कविता सङ्ग्रह “अन्यायले जन्माएका विद्रोहहरू” को लेप्चा भाषामा साम्तेन दोर्जी लेप्चाले अनुवाद गरेका कृतिको पनि लोकार्पण भयो। कार्यक्रममा अनुवादक साम्तेन दोर्जी लेप्चालाई प्रमुख संरक्षकको करकमलबाट माला लगाएर स्वागत गर्नुभयो भने परी प्रकाशनद्वारा प्रमुख संरक्षक मुख्यमन्त्री श्री प्रेमसिंह तामाङलाई पनि अभिनन्दन गरियो।

त्यसपछि नेपाल राष्ट्रका अतिथि कवि कृष्ण प्रसाईं अनि दिनेश अधिकारीले कविता पाठ गरेका थिए भने साथमा सोरेङ सिक्किमकी कवि सुश्री रञ्जना कार्कीले पनि कविता वाचन गरेकी थिइन।

परी प्रकाशनद्वारा सुुरु गरिएको परी पुरस्कार यस वर्ष दुई सर्जकलाई प्रदान गरियो। नारी सर्जक डा. गीता निरौलालाई कृति काश्यपका महाकाव्य अनि पुरुष सर्जक श्री भीम ठटाललाई कविता कृति अभिव्यक्तिको सत्ता-को निम्ति परी पुरस्कार प्रमुख संरक्षक मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ साथै कार्यक्रमका अध्यक्ष कुलपति, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नारायणी हार्तमछालीको करकमलबाट प्रदान गरियो। दुवै सर्जक डा. अनिता निरौला अनि श्री भीम ठटालको मुखारविन्दबाट आशीर्वादस्वरूप केहि मन्त्व्य रहेक‍ो थियो।

सिक्किमका ६ वटै जिल्लाका ४० भन्दा अधिक संघ-संस्थाहरूलाई अभिनन्दन गरियो
१) नेपाली साहित्य परिषद् सिक्किम
२) सिक्किम अकादमी
३) डा.शोभाकान्ति थेगिम मेमोरियल ट्रस्ट
४) अन्तरास्ट्रिय नेपाली साहित्य समाज
५) अभियान साहित्य समिति
६) अलङ्करण प्रकाशन
७) कफी कविता
८) कला साहित्य संस्थान बिकमत खोर्लोङ
९) काव्याक्षर प्रकाशन
१०) जय निर्मला प्रकाशन
११) तुलसीराम शर्मा कश्याप संस्थान
१२) तुलसीदेवी स्मृति प्रतिष्ठान
१३) रविन सिक्किम साहित्य सम्मेलन
१४) नेपाली संस्कृति परिषद् , नाम्ची
१५) नेपाली साहित्य सदन दरामदिन
१६) प्रतिभा मिलन, गान्तोक
१७) बसिबियालो साहित्य संस्थन
१८) बाल दर्पण, गान्तोक,
१९) बियड युवा साहित्य संस्था
२०) भालेढुङ्गा साहित्यिक संस्था
२१) प्रतिभा मिलन साहित्यिक समाज गान्तोक
२२) भावतरण साहित्य समिति
२३) मिरमिरे साहित्य मञ्च
२४) ललित कला मञ्च सोमबारे
२५) संस्कृतिक मन्थन, रिनक
२६) साहित्य कला समाज, रिनक
२७) नेपाली साहित्य प्रकाशन, गान्तोक,
२८) सिक्किम गजल मञ्च
२९) प्रज्ञाप्रतिष्ठान, सिक्किम
३०) सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिम
३१) सृजनात्मक बैचारिक मञ्ञ, रुमतेक
३२) स्फुरण साहित्यिक प्रकाशन समिति,मङ्गलबारे
३३) हाम्रो आमा साहित्य प्रकाशन, नाम्ची
३४) हाम्रो चिन्हारी
३५) हिन्दी साहित्यिक सिक्किम सेवा समिति
३६) रटन साहित्य अभियान, गान्तोक
३७) अम्बिका साहित्य प्रकाशन
३८) प्रतिभा मञ्च, रिनक
३९) अलङ्कार प्रकाशन, पिपले
४०) किनार प्रकाशन, गान्तोक
४१) चिया कविता, गान्तोक
४२) सृष्टि साहित्य ,रिनक
४३) विस्पोट साहित्य प्रकाशन, तादोङ
४५) नव प्रभात साहित्य प्रकाशन, रिन्चेनपोङ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख संरक्षक मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले परी प्रकाशनको चौथो स्थापना दिवसमा उपस्थित हुन पाएक‍ोमा खुसी व्यक्त गर्दै भन्नुभयो पहिलो वर्ष सोरेङमा क्षेत्रस्तरीय कार्यक्रम रहेको, त्यसपछि वर्ष-२०२३ मा राज्यस्तरीय कार्यक्रम आयोजनामा सिक्किमका सम्पूर्ण सर्जकहरूलाई सम्मान गरिएको र यसवर्ष सम्पूर्ण साहित्यिक संघसंस्थाहरूलाई अभिनन्दन गर्ने अवसर परी प्रकाशनले प्रदान गरेको खुसी साझा गर्नुभयो। साहित्य समाजको दर्पण हो भन्ने भनाइलाई ध्यानमा राख्नुहुँदै यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्ने हौसला दिनुभयो। परी संस्कारमा एकताको शक्ति प्रबल हुने, सामुहिकताको शक्ति प्रबल हुने बताउनु भयो।

परी प्रकाशनद्वारा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय नेपाली साहित्य महोत्सव-२०२४ लाई सफलता तुल्याउन योगदान पुर्‍याउने सम्पूर्णलाई परी प्रकाशनका प्रमुख संरक्षक मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आभार व्यक्त गर्नुभयो। मुख्यमन्त्री सिक्किम अपतन साहित्यबरे पनि विचार राख्नुभय‍ो। भाषा साहित्य र संस्कृतिको विकासमा सबैले एकभएर काम गर्न अनुरोध गर्नुभयो। यसका साथैे उहाँले विभिन्न विद्यालय अनि विश्व विद्यालयका परिवार साथै अन्य विभिन्न ठाउँ बाट आउनुभएका साहित्यकारहरूमा पनि आभार व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले छोटोमा आफ्नो मन्तव्य राख्नुभयो। उहाँले शरीर मरे पनि कृति बाँचिरहन्छ भन्नुहुँदै साहित्य शोक,भोक अनि लोकको ट्रेङ्गुलर व्यालेनसले लेखिन्छ भने त्यो साहित्य बाँच्ने छ भनेर प्रष्ट गर्नुभयो। उहाँले अझ तीन कन्टेनलाई विशेष रूपमा प्रष्ट गर्दै भन्नुभयो कि जन्माइँ, बँचाइ अनि मराइ साथै गाँस, बास र कपासको महत्वबारे विचार राख्नुभयो।

उहाँ अर्को महत्वपूर्ण विषय तीनवटा- प = पहिचान, प =पहल प = पहुँच साहित्यमा चाहिने महत्वपूर्ण विषयलाई मन्तव्यमा राख्नुभय‍ो। सिक्किममा यी माथिका तीन वटेै कुरा पाएको खुस‌ी व्यक्त गर्नुभयो। सिक्किम राज्यका समग्र संस्कृति अनि राजनीतिलाई एकै च‍ोटी महत्त्वपूर्ण मानेर अघि लगेको खुसी व्यक्त गर्नुभयो।

उहाँले मन्तव्यक‍ो अन्तमा मानिसले जीवनमा, भावना बुद्धि अनि विवेकले काम गरे सबै कुरामा सफल हुने सुझाव राख्नुभय‍ो। पर्यवेक्षीय मन्तव्य प्रा. डा उदय छेत्रीले राख्नुभएको थियो। उहाँलाई पनि परी प्रकाशनका प्रमुख संरक्षक एवम् मुख्यमन्त्रीद्वारा अभिनन्दन गरियो।

कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग गर्ने- पेम नर्बु शेर्पा, टीका ढुङ्गेल रटन, लक्ष्मी गुरुङ, गुमानसिङ सुब्बा अनि विष्णु राणालाई पनि स्मृति चिन्हद्वारा सम्मानित गरियो।
अन्तमा धन्यवाद ज्ञापन प्रचार सचिव मन्दिरा रावतले राखेपछि कार्यक्रम समापन भयो।

मुख्यमन्त्रीले जन्मदिनमा आफ्नी आमालाई भेटेर आशीर्वाद लिए

गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित

BRO undertakes road repair works in Sikkim on war footing

गेजिङ पुलिसले आरोपी ‘स्पाइडर म्यान’ लाई सिलगढ़ीमा गऱ्यो पक्राउ

सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSA NepaliSports

जोरथाङमा 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता शुरू

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 5, 2026
राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा
Sikkim CM chairs preparatory meeting for KAMSEL ceremony at Tholung monastery
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?