पाकिम, 20 अप्रेल। राज्यसभा सदस्य मिलिन्द देवराको अगुवाईमा अधीनस्थ विधान सम्बन्धी संसदीय स्थायी समितिका सदस्यहरू आज सिक्किम आइपुगेका छन्। समितिका सदस्यहरू आगामी 26 अप्रेलसम्म सिक्किम भ्रमणमा रहनेछन्।
सांसद देवरा र समितिका सदस्यहरूलाई आज रम्फूको पर्यटक सुविधा केन्द्रमा स्टेट ब्याङ्क अफ् इण्डिया र विभिन्न विभागका अधिकारीहरूले स्वागत जनाए।
यस भ्रमण अवधि संसदीय स्थायी समितिका सदस्यहरूले विभिन्न मन्त्रालयका प्रतिनिधिहरू र राज्य सरकारका प्रतिनिधिहरूसॅंग बैठक गर्नेछन्।

Leave a comment