By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
    मुख्यमन्त्री तामाङले पैह्रो प्रभावित रिम्बी क्षेत्रको भ्रमण गरे, प्रभावितहरुलाई आर्थिक सहयोगको घोषणा
    October 9, 2026
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
    October 8, 2026
  • Politics
    PoliticsShow More
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट
NationalNortheast

निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट

Suk Raj Aaron Rai
Last updated: May 21, 2025 4:16 pm
Suk Raj Aaron Rai Published May 21, 2025
Share
SHARE


गान्तोक, 21 मई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सिक्किमको 50औँ राज्य स्थापना दिवस (स्वर्ण जयन्ती) समारोहमा सहभागिताका लागि स्वीकृति प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति हार्दिक स्वागत तथा आभार प्रकट गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमवासीको तर्फबाट आगामी 29 मई, 2025 मा आयोजना हुने कार्यक्रमका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरेका थिए, जसलाई प्रधानमन्त्रीले सद्भावपूर्वक स्वीकार गरेको एसकेएमले बताएको छ।
एसकेएम प्रवक्ता कृष्ण लेप्चाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयॉं दिल्लीमा प्रधानमन्त्रीलाई सिक्किमको 50औँ राज्य स्थापना दिवसको कार्यक्रममा उपस्थितिका लागि औपचारिक रूपमा निमन्त्रणा दिएका थिए। यस भेटको अवसरमा मुख्यमन्त्रीले भारत सरकारले पाकिस्तानी आतङ्कवादीहरूविरुद्ध चलाएको अपरेशन सिन्दूरको खुलेर समर्थन जनाउँदै यसको सफलताका लागि सिक्किमको पक्षबाट प्रधानमन्त्री साथै केन्द्रिय नेतृत्व र भारतीय सेनालाई बधाई दिए।
एसकेएमले भनेको छ, सङ्कटपूर्ण राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिलाई पनि पर सारेर प्रधानमन्त्रीले सिक्किम भ्रमणको निमन्त्रणालाई सहर्ष स्वीकृत गर्नु सम्पूर्ण सिक्किमवासीका लागि सम्मान तथा गौरवको विषय हो। यो मुख्यमन्त्रीको केन्द्र सरकारसँगको सुमधुर सम्बन्ध, दूरदर्शिता र सशक्त नेतृत्व क्षमताको प्रतिफल हो। यसले सम्पूर्ण सिक्किमवासीमा थप गर्वको अनुभूति गराएको छ। मधुर सम्बन्ध रहेकै कारण केन्द्र सरकारले सिक्किम राज्य स्थापनाको पावन अवसरमा 50 रुपियाँको स्मारक सिक्का जारी गर्ने अधिकारिक घोषणा भइसकेको छ।
एसकेएमले विज्ञप्तिमा भनेको छ, प्रधानमन्त्रीको आगामी भ्रमण सिक्किमका लागि बहुपक्षीय रूपमा लाभदायक हुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। प्रधानमन्त्रीको उपस्थितिले सिक्किममा थप पूर्वाधार विकास, पर्यटन तथा अन्य सामाजिक-आर्थिक क्षेत्रहरूमा नयाँ सम्भावनाको ढोका खोल्नेछ साथै केन्द्र सरकारमा थाँतीमा रहेका हाम्रा महत्त्वपूर्ण राजनीतिक मागहरू पूरा हुने नयाँ बाटो खुल्नेछ भन्ने विश्वास राखेका छौँ। यस ऐतिहासिक अवसरमा एसकेएम पार्टीले सम्पूर्ण सिक्किमे जनतालाई प्रधानमन्त्रीको स्वागतमा एकजुट भई सहभागी हुन हार्दिक आह्वान गरेको छ।

India Reaffirms Support for Peace and Stability in Nepal

सांसद सुब्बाले कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरे

मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे

अविरल वर्षापछि पश्चिम सिक्किमको रिम्बी गाउँमा ठूलो पैह्रो, धेरै परिवार विस्थापित

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionPolitics

रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 30, 2026
DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025
चौथो डोड्रुप्छेन रिम्पोछेको ‘कुदुङ’ को पवित्र अन्तिम यात्रामा हजारौं भक्तजन सहभागी बने
Bista visits flood-threatened Kalijhora
आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?