लगभग 13 दिनको अथक प्रयासपछि सिक्किम पुलिस फरार सामसन तामाङलाई पक्राउ गर्न सफल बनेको छ। आरोपी तामाङलाई बिहारको बोधगयाबाट पक्राउ गरिएको थाहा लागेको छ।
उल्लेख्य, सामसन तामाङले खस समुदायमाथि आपत्तिजनक र अभद्र टिप्पणीहरू गर्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो भाइरल भएपछि सिक्किम लगायत दार्जिलिङका विभिन्न पुलिस थानाहरूमा तामाङ विरुद्ध मामिलाहरू दर्ता भए। सामसन तामाङको पक्राउमा भएको ढिलाईलाई लिएर विपक्षी राजनीतिक दलहरूले राज्य सरकारलाई घेर्ने काम समेत गरे। अन्तत: आरोपी तामाङ पक्रा परेका छन्।
जानकारी अनुसार, सामसन तामाङलाई पक्राउ गर्न सिक्किम पुलिसले उत्तर बंगालका विभिन्न ठाउॅंहरूमा खोजी गरिरहेको थियो। यस क्रममा आरोपी तामाङ बोधगयामा हुन सक्ने संकेत पाएपछि सिक्किम पुलिसले बिहार पुलिसको सहकार्यमा उसलाई पक्राउ गरेको छ।

Leave a comment