By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
Latest NewsPoliticianSA Nepali

आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न

Aaron Rai
Last updated: July 31, 2025 4:36 pm
Aaron Rai Published July 31, 2025
Share
SHARE


गान्तोक, 31 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीद्वारा बर्सेनी 10 अगस्तको दिन पालन गर्दै आएको जन उन्मुक्ति दिवस यसपल्ट राज्य सरकारको आयोजनमा आमा सम्मान दिवसको रूपमा पालन गरिने भएको छ। यस कार्यक्रमको तयारीलाई लिएर आज व्यापक रूपमा छलफल गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ।
विज्ञप्ति अनुसार, यो कार्यक्रम सरकारद्वारा पालन गरिने भए तापनि एसकेएम सरकारको प्रमुख अङ्ग भएको कारण पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको निर्देशनमा पार्टीले कार्यक्रमलाई सफल बनाउने दिशामा डटेर काम गर्ने निर्णय लिएको छ।
यस क्रममा पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाको अध्यक्षतामा आज पार्टीको साङ्गठनिक प्रकोष्ठले दोस्रो तयारी सभा आयोजना गऱ्यो। सभामा प्रमुख रूपमा हरेक सङ्गठनका प्रतिनिधिहरूले हालसम्म सम्पन्न तयारी कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरे। आगामी कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक रणनीतिहरू तथा क्रियाकलापहरूबारे व्यापक छलफल गरियो।
उपस्थित शीर्ष व्यक्तित्वहरूले सबै सङ्गठन र सदस्यहरूलाई एकजुट भएर समारोहमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। यस वर्षको ‘आमा सम्मान दिवस’ कार्यक्रममार्फत आमाहरूको योगदान र सम्मानलाई विशेष स्थान दिने उद्देश्य राखिएको छ भने समारोहबाट आमाहरूको सम्मान तथा सामाजिक योगदानलाई मूल्याङ्कन गरिने कार्यक्रम रहेको बताइएको छ।
सिक्किमको सबै समष्टिका जनतालाई उक्त दिन कार्यक्रममा सहभागी भइदिन पार्टीले सविनय अनुरोध गरेको छ। सभाको अवसरमा एसकेएम नारी शक्तिले राज्य सरकारले आमा सम्मान दिवस जस्तो महत्त्वपूर्ण समारोह आयोजन गर्नका लागि अधिसूचना जारी गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै सिक्किम सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गऱ्यो।
आजको सभामा पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्री अरुण उप्रेती, विधायकगण, सल्लाहकार-अध्यक्षगण, पार्टीका युवा अध्यक्ष लाक्पा मोक्तान, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र विकास बस्नेत लगायत पार्टीका युवा अनि नारी प्रकोष्ठका सदस्यहरू अनि शीर्ष कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

You Might Also Like

नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्रीसँग भेट गरिन्

सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो

Sikkim CM assures full support to ex-MPs, former legislators

सडीएफ पार्टीको नाम्चीमा सभा सम्पन्न, लगाए राज्यमा भ्रष्टाचार बढ़ेको आरोप

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderJournalismLatest NewsNortheastOpinion

राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना

Aaron Rai Aaron Rai July 16, 2025
Review Meeting of Sikkim INSPIRES chaired by CM
CM Attends Flying Festival and Paragliding Accuracy Championship 2026 at Rorathang
उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या
कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?