
गान्तोक, 14 नोभेम्बर। उत्तर पूर्व क्षेत्रको लागि १३ औं इन्टरनेशनल टुरिज्म मार्ट (आईटीएम) शुक्रवार समानान्तर कार्यक्रमहरूको श्रृंखलाका साथ गान्तोकमा शुरू भएको छ। यद्यपि, यस कार्यक्रमको औपचारिक उद्घाटन आज सॉंझ प्रस्तावित छ।
पहिलो दिनको कार्यक्रम गान्तोक छेउ पाङथाङको एक स्थानीय होटलमा भयो, जहॉं पर्यटन मन्त्रालय र पूर्वोत्तर क्षेत्रका राज्य पर्यटन विभागहरूबीच बैठक समावेश थियो। बैठक समन्वय सुधार र यस क्षेत्रमा पर्यटनसँग सम्बन्धित पहलहरूलाई सुदृढ़ पार्ने कुरामा केन्द्रित थियो।
बैठकमा भारत सरकारको पर्यटन मन्त्रालय र गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू, आठ पूर्वोत्तर राज्यहरूको पर्यटन विभागका अधिकारीहरू र पर्यटन सरोकारवालाहरू उपस्थित थिए।
बैठकको पहिलो सत्र “सिनेम्याटिक नर्थ इस्ट- फिल्म सुटिङ गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने नीति मार्ग” विषय अन्तर्गत फिल्म पर्यटनमा केन्द्रित थियो। दोस्रो सत्रमा होमस्टेको बारेमा एक प्रस्तुतीकरण गरियो, जसमा होमस्टे पर्यटनले स्थानीय समुदायहरूलाई कसरी मद्दत गर्न सक्छ र नयाँ आयका अवसरहरू सिर्जना गर्न सक्छ भनेर प्रकाश पारिएको थियो। तेस्रो सत्रमा प्रतिबन्धित क्षेत्र अनुमति/संरक्षित क्षेत्र अनुमतिमा गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल सम्पन्न गरियो।
त्यसपछि, चौथो सत्रमा खुला छलफल सम्पन्न गरियो, जहाँ पूर्वोत्तर राज्यका राज्य सरकारहरूले आ-आफ्नो राज्यमा पर्यटन सुधार र प्रवर्द्धन गर्नका लागि उत्तम अभ्यासहरू, सुझाउहरू र विचारहरू साझा गरेका थिए।
उल्लेख्य, आईटीएम भारतको उत्तर पूर्वी क्षेत्रको पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्न वार्षिक रूपमा आयोजन गरिने पर्यटन मन्त्रालयको कार्यक्रम हो। कार्यक्रमको समापन आगामी १६ नोभेम्बर, २०२५ मा हुनेछ।


