गान्तोक, 23 मई। भारतीय सेनाका एक युवा एवं बहादुर अधिकारी लेफ्टिनेन्ट सशांक तिवारीको उत्तर सिक्किममा कर्तव्य निर्वहनको क्रममा निधन भएको छ। आधिकारिक सूत्रहरू अनुसार, हिजो, 22 मईका दिन उत्तर सिक्किमको छु जंक्शनमा नियमित पेट्रोलिङको क्रममा दुर्घटनावश उनको मृत्यु भयो। उनी चिप्लिएर लडेपछि खोलाले बगाउॅंदा मृत्यु भएको बताइएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतीय सेनाका एक युवा एवं बहादुर अधिकारी लेफ्टिनेन्ट सशांक तिवारीको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले लेफ्टिनेन्ट तिवारीको साहस, कर्तव्यबोध र देशप्रतिको प्रतिबद्धताको सदैव सम्झाना गरिनेछ भनी आज सामाजिक सञ्जालमा बताएका छन्।
मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट उनको परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छन्। उनले यस गहिरो शोकको क्षणमा हामी शोक सन्तप्त परिवारको साथमा छौं र उनको बलिदानलाई अत्यन्त सम्मान र कृतज्ञताका साथ सम्मान गर्दछौं भनी उल्लेख गरेका छन्।

Leave a comment