By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न
Latest NewspoliticalSikkim

एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: January 6, 2026 3:26 pm
Suk Raj Aaron Rai Published January 6, 2026
Share
SHARE


गान्तोक, 06 जनवरी। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको युवा प्रकोष्ठअन्तर्गत जिल्ला स्तरीय समन्वय सभा आज रम्फू, माझिटारस्थित बाघे खोलामा सम्पन्न भयो। सभामा एसकेएम युवा उपाध्यक्ष प्रभारी तथा विधायक सञ्जित खरेल र युवा अध्यक्ष लाक्पा मोक्तानको विशेष उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै युवाध्यक्ष लाक्पा मोक्तानले युवा शाखा पार्टीको एउटा महत्त्वपूर्ण आधार स्तम्भ रहेको उल्लेख गरे। उनले पार्टीका जिम्मेवारी र दायित्वहरू युवाहरूले अनुशासनमा रही वहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै यही उद्देश्यले विशेष समन्वय सभा आयोजना गरिएको स्पष्ट पारे। अध्यक्ष मोक्तानले पार्टीले काम र योगदानको आधारमा विभिन्न युवा शाखाका पदहरूमा सदस्यहरूको मनोनयन गरिएको जानकारी गराउँदै वर्ष 2009 देखि पार्टी र नेतृत्वप्रति निष्ठावान रही अनुभवका साथ पार्टीको मेरुदण्डका रूपमा योगदान पुर्‍याएका युवाहरूलाई पार्टीले सम्मान गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सम्मान गरिरहने बताए।
उनले समावेशी राजनीतिबाट पार्टीलाई ठूलो लाभ पुगेको उल्लेख गर्दै यो सोँच सिक्किमको राजनीतिमा यसअघि कसैले कल्पना गर्न नसकेको, तर पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वले सबैलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताए। यसै सोँचअनुसार विभिन्न तहमा सबैलाई मिलाएर जिम्मेवारी र दायित्व सुम्पिएको पनि उनले प्रष्ट पारे।
अध्यक्ष मोक्तानले अब जिल्लादेखि समष्टि स्तरसम्म जिम्मेवारी पाएका युवा शाखाले दिलोज्यानका साथ काम गर्नुपर्नेमा जोड दिँदै प्रत्येक समष्टिका पार्टी कार्यालयमा प्रत्येक महिना युवा प्रकोष्ठको समन्वय सभा आयोजना गरिने जानकारी दिए। साथै, सरकारद्वारा सञ्चालन गरिएका जनमुखी योजनाहरूको प्रचार-प्रसार गाउँसम्म पुर्‍याउँदै पार्टीलाई गाउँस्तरबाटै मजबुत बनाउन युवाहरूले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
उनले सरकार गठन भएको 7 वर्ष पूरा हुन लागेको उल्लेख गर्दै अधिकांश जनमुखी योजनाहरू लक्ष्यअनुसार सम्पन्न भइसकेको र आगामी दिनमा नयाँ योजनाहरू ल्याइने जानकारी दिँदै यसको व्यापक प्रचारप्रसारमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए। साथै, युवाहरूको कामको मूल्याङ्कनका आधारमा पार्टीले पदोन्नति गर्ने निर्णय लिएको जानकारी पनि उनले दिए।
युवा उपाध्यक्ष प्रभारी तथा विधायक सञ्जित खरेलले पार्टीले विगत 7 वर्षदेखि आफूलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा पार्टी अध्यक्ष तथा पार्टीप्रति कृतज्ञता व्यक्त गरे। उनले युवा शाखा एकजुट र मजबुत रहेको उल्लेख गर्दै यसमा काम गर्न सधैँ उत्साहित रहेको बताए। उनले तत्कालीन सरकार र वर्तमान एसकेएम सरकारको तुलना गर्दै आज युवाहरूले पाएको सम्मान, स्थिरता र अवसरमा ठूलो अन्तर आएको उल्लेख गरे।
मुख्यमन्त्रीले गाउँ-गाउँमा काम गर्ने युवाहरूलाई प्रत्यक्ष चिन्ने र उनीहरूको समस्या बुझ्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले युवा शाखाको भूमिका अझ जिम्मेवार र सशक्त हुनुपर्नेमा जोड दिए। पार्टीमा अनुशासन अत्यन्त महत्त्वपूर्ण भएकाले सबैले मिलेर हातेमालो गर्दै काम गर्नुपर्नेमा उनले विशेष जोड दिए।
सभामा युवा महासचिव युगेन राईले युवा प्रकोष्ठमा नियुक्त केन्द्रिय सदस्य, जिल्ला कार्यकारिणी सदस्य तथा समष्टि स्तरीय कार्यकारी सदस्यहरूको सङ्ख्यात्मक विवरण प्रस्तुत गर्दै सबैको कार्यभार र जिम्मेवारीबारे स्पष्ट पारे। सभामा एसकेएम युवा प्रकोष्ठका वरिष्ठ नेतृत्वहरू, जिल्ला स्तरीय कार्यकारिणी साथै समष्टि स्तरीय संयोजकहरूको बाक्लो उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश

सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए

राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे

14 र 15 दिसम्बरका दिन रिज पार्कमा राज्यस्तरीय लोसुङ महोत्सव आयोजना गरिने

पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025’ ले सम्मानित गरिनेपत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureOpinionSikkim

कवि जीवन थिङको मूर्ति अनावरणप्रति मुख्यमन्त्रीद्वारा हर्ष प्रकट

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 13, 2026
एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी
पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न
Sikkim MP attends International Meet on Peace in Cambodia
मुख्यमन्त्री एनडीएको बैठकमा सहभागी, रेकर्ड कायम गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?