By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कुबेर दाहालको उपन्यास लोकार्पित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > कुबेर दाहालको उपन्यास लोकार्पित
Art & LiteratureSA NepaliSikkim

कुबेर दाहालको उपन्यास लोकार्पित

Suk Raj Aaron Rai
Last updated: July 22, 2025 5:03 pm
Suk Raj Aaron Rai Published July 21, 2025
Share
SHARE

गान्तोक: वरिष्ठ साहित्यकार तथा अनुवादक कुबेरचन्द्र दाहालको मौलिक उपन्यास ‘टिस्टा-रङ्गीत’-को आइतवार तादोङ, डाँड़ागाउँस्थित एउटा होटलमा आयोजित भव्य कार्यक्रमबीच विमोचन गरियो। मन्त्री एनबी दाहाल मुख्य अतिथि रहेको कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा परिवार कल्याण मन्त्री एवम् क्षेत्र विधायक जीटी ढुङ्गेलले गरेका थिए। उपन्यास दाहालको टिस्टा-रङ्गीत दोस्रो कृति हो। यसभन्दा अघि उनले भारतको संविधानलाई नेपाली भाषामा पहिलोपल्ट अनुवाद गरी लगभग 30 वर्षअघि प्रकाशित गरेका थिए।
मुख्य अतिथि एनबी दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै उपन्यासकार कुबेरचन्द्र दाहालसहित दाहाल परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। आफ्नो परिवारका सदस्यले समाजका लागि उपयोगी पुस्तक रचना गरेर सम्मान बढ़ाएको जनाउँदै साहित्यप्रेमीहरूको गरिमामय उपस्थितिमा रमाइलो, ज्ञानवर्द्धक कार्यक्रम बनेको बताए।
उपन्यासकार दाहालले आफ्नो सम्बोधनमा सर्वप्रथम हालै दिवङ्गत भएका सिक्किमका पहिचान बनेका पद्मश्री सानु लामालाई ‘सन्तपुरुष’-को संज्ञा दिँदै श्रद्धासुमन अर्पण गरे। उनले आफू सिद्धहस्त उपन्यासकार नभए तापनि जातीय अस्मिताको असहज स्थितिबाट आफूलाई उकुसमुकुस भएको कारण लेख्ने धृष्टता गरेको धारणा राखे। “मान्छेले हाँसेको भुल्न सक्छन्, तर आत्मा रोएको कहिल्यै भुल्न सक्दैनन्। भारतीय नेपाली भाषीहरूको अवस्था केही असहज छ। जातिको यो अस्थिर अवस्थाले निकास पाओस् भन्ने मेरो आन्तरिक चाहना हो। यसै हुटहुटीले मलाई यो उपन्यास लेख्न हौसला दियो।” उनको यो उपन्यासमा टिस्टा वारि र पारि बसोबास गर्ने नेपाली भाषीहरूको चाहना एक दिन अवश्य पूरा हुने आशा व्यक्त गरिएको छ। लगभग 30 वर्षपछि आफ्नो दोस्रो पुस्तक सार्वजनिक गरिरहेका दाहालले भने, “लेखन कार्य आमाको प्रशव पीड़ा जत्तिकै हुँदो रहेछ। नेपाली भाषीहरूको युगौँदेखिको अस्थिर अवस्थाले मलाई जीवनको उपल्लो उमेरमा पनि यो उपन्यास सिर्जना गर्न हौसला दिएको छ।” उनले यो पुस्तक प्रकाशित गर्न सहयोग पुर्‍याउने सबैप्रति आभार तथा कृतज्ञता प्रकट गरे।
टिस्टा-रङ्गीत मौलिक तथा ऐतिहासिक उपन्यास सिलगढ़ीको सालबारी आधारित बुकआन्ट पब्लिकेशनले प्रकाशित गरेको छ। बुकआन्टका निर्देशक तथा चर्चित कवि राजा पुनियानीले कार्यक्रमलाई सम्बोधन गर्दै दार्जीलिङ र सिक्किममाझ प्रेमपूर्ण सम्बन्ध कायम रहेको हेर्ने चाहना व्यक्त गरे। उनले नेपाली भाषीहरू आफ्नै भाषालाई लिएर एकढिक्का हुन सकेकै कारण यस्तो अवस्था अघि आएको धारणा राखे। यसभन्दा अघि पुस्तकको निरुपण मन्तव्य राख्दै कमल काफ्लेले रोचक तथ्यहरू अघि राखेर सबैलाई मन्त्रमुग्ध पारे। उनले पुस्तकको एकाध अंशको व्याख्या गर्दै यो उपन्याससँगै जातिको अवस्थालाई केन्द्रमा राखेर अध्ययन गर्न सुझाउ दिए।
यसभन्दाअघि अभिनेता, निर्देशक, नाटककार तथा साहित्यकार चुनिलाल घिमिरेले स्वागत सम्बोधनसँगै उपन्यासकारको परिचय प्रस्तुत गरे। उनले भारतमा पहिलोपल्ट भारतको संविधान अनुवाद गर्ने कुबेरचन्द्र दाहालले सिक्किमेली नेपाली साहित्य र सङ्घ-संस्थामार्फत समाजसेवामा गरेको कार्यबारे जानकारी दिए। उनले भने, “भारतको संविधान नेपाली भाषामा पहिलोपल्ट अनुवाद गर्ने व्यक्ति हुन् कुबेरचन्द्र दाहाल। उनले 20 वर्ष खर्चेर सो पुस्तक तयार गरे, तर समाजले उनको अवदानको मूल्याङ्कन गरेजस्तो लाग्दैन।”
कार्यक्रममा नेपाल पोइट आइडलकी विजेता नीलम गुरुङले सुन्दर कविता वाचन गरिन् भने गायिका सपना छेत्रीले सुमधुर गीत प्रस्तुत गरिन्। कार्यक्रममा मुख्यमन्त्रीका प्रधान सचिव तथा साहित्य अकादमी पुरस्कार विजेता एसडी ढकाल, नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, केएन शर्मा, प्रद्युम्न श्रेष्ठ, रुद्र पौड्याल, विभिन्न कलेजका प्राध्यापकसहित वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो।

सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा

Watershed Yatra Campaign begins for Mangan

मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने

एसकेएम पार्टीको १४औँ स्थापना दिवसको तयारीबारे महत्वपूर्ण बैठक सम्पन्न

एसकेएम विद्यार्थी शाखाको मासिक बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessEconomyNationalStartup

नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 29, 2026
नीरु सेवाले एसडीएफबाट राजीनामा दिइन्, चुनावी राजनीतिदेखि टाड़ा रहने
CM assures cooperation for ADB’s Climate-Resilient Urban Infrastructure Project
जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान
सीएपीले प्रेस स्वतन्त्रता दिवसमा मिडिया कर्मीहरूलाई दियो शुभकामना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?