By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गोल्डन भोइस, गोल्डन फीट र गोल्डन बिट अफ सिक्किमको ग्राण्ड फिनाले सम्पन्न, मुख्यमन्त्रीले विजेताहरूलाई दिए बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > गोल्डन भोइस, गोल्डन फीट र गोल्डन बिट अफ सिक्किमको ग्राण्ड फिनाले सम्पन्न, मुख्यमन्त्रीले विजेताहरूलाई दिए बधाई
Art & LiteratureCultureEntertainment

गोल्डन भोइस, गोल्डन फीट र गोल्डन बिट अफ सिक्किमको ग्राण्ड फिनाले सम्पन्न, मुख्यमन्त्रीले विजेताहरूलाई दिए बधाई

Aaron Rai
Last updated: January 21, 2026 5:51 pm
Aaron Rai Published January 21, 2026
Share
SHARE


गान्तोक, 21 जनवरी । जोरथाङमा चलिरहेको प्रतिष्ठित 71औं माघे संक्रान्ति मेला 2026 मा मंगलवार गोल्डन भोइस अफ सिक्किम, गोल्डन फीट अफ सिक्किम र गोल्डन बिट अफ सिक्किम प्रतियोगिताको ग्राण्ड फिनाले सम्पन्न भयो। सिक्किममा पहिलोपल्ट आयोजित यी प्रतियोगिताहरूले युवाहरूको प्रतिभालाई पोषण गर्ने र उत्सव मनाउने लक्ष्य लिएको मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले यी प्रतियोगिताहरूका सबै विजेता, उप-विजेता र प्रतिभागीहरूलाई हार्दिक बधाई दिएका छन्। उनीहरूका असाधारण प्रतिभा, समर्पण र कडा परिश्रमले साँच्चै उच्च मापदण्ड स्थापित गरेको उनले बताएका छन्।
मुख्यमन्त्रीले सुभाष दर्जी गोल्डन भोइस अफ सिक्किमको उपाधि जित्न सफल बनेको जानकारी गराएका छन्। यसैगरी, सुनिहाङ्गमा सुब्बा प्रथम उपविजेता र सुशिला बाला राई दोस्रो उपविजेता बने।
यसरी नै गोल्डन फीट अफ सिक्किमको उपाधि डायनमिक फ्लिकर्स डान्स एकाडेमीले जित्यो। तपश्री गगन डान्स एकाडेमी प्रथम उपविजेता र डेमाजोङ ट्राइब डान्स एकाडेमी दोस्रो उपविजेता बने।
यसै क्रममा, माना ब्याण्डले गोल्डन बिट अफ सिक्किमको उपाधि जितेको छ। यस प्रतियोगितामा रोल हेड्स ब्याण्ड प्रथम उपविजेता र अखण्ड ब्याण्ड दोस्रो उपविजेता बनेका छन्।


मुख्यमन्त्रीले यी प्रतियोगिताहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न कलाकारहरूको प्रयासको पनि सराहना गरेका छन्। उनले सिक्किम सरकार युवाहरूको समर्थनमा सधैं दृढ़तापूर्वक उभिएको छ र भविष्यमा पनि समर्थन गरिरहने प्रतिबद्धता प्रकट गरेका छन्। उनले यी प्रतियोगिताहरू केवल कार्यक्रमहरू मात्र होइनन्, ठूला राष्ट्रिय र अन्तरराष्ट्रिय मञ्चहरूको लागि तयारी रहेको बताएका छन्।


उनले सरकारको प्रतिबद्धता भनेको युवा प्रतिभाहरूलाई प्रोत्साहन, मार्गदर्शन र सशक्त बनाउनु रहेको बताएका छन्, ताकि उनीहरू देश र विश्वभरका ठूला मञ्चहरूमा आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न र चम्कन सकून्। मुख्यमन्त्रीले सहभागीहरूलाई ध्यान केन्द्रित गर्न, कडा परिश्रम गर्न र उत्कृष्टताको लागि प्रयास जारी राख्न आग्रह गरेका छन्।

You Might Also Like

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघका पदाधिकारीहरूद्वारा राज्यपालसॅंग भेट

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

राष्ट्रिय खेल दिवस समारोह: रेशिथाङमा विविध खेलकुद गतिविधिहरू सम्पन्न

मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalSA NepaliSikkim

सिक्किमका बाह्र छुटेका आदिवासी समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न ‘2025 को सरकारी प्रस्ताव नम्बर 1’ पारित

Aaron Rai Aaron Rai December 12, 2025
Workshop on Basics of Indian Sign Language Commences at Soochna Bhawan
16 नोभेम्बरदेखि ’41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट’शुरू हुने
राज्यपालले एनआईटी देवरालीको बैठकको अध्यक्षता गरे
सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?