गान्तोक, 12 अप्रेल। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले जब-एक्सटेन्शनको विरोधमा ‘पेन्शन नट् पोजिशन’ अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत सीएपी कार्यकर्ताहरू विभिन्न विभागमा गएर एक्सटेन्शन लिएका सरकारी अधिकारीहरूलाई स्वेच्छापूर्वक नोकरी छोड्न अनुरोध गर्ने भएको छ।
सीएपी सिक्किमका प्रवक्ता अल्बर्ट गुरुङले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन्। सत्तारुढ़ एसकेएम पार्टीले आफ्नो चुनाउ घोषणा पत्रमा ग्रुप ए र बी कर्मचारीहरूलाई प्रदान गरिने एक्सटेन्शन प्रथा समाप्त गर्ने र ग्रुप सी र डी कर्मचारीहरूको पारिवारिक स्थितिलाई ध्यानमा राखेर उनीहरूलाई एक्सटेन्शन दिने सिस्टम शुरू गर्ने घोषणा गरेको उनले जानकारी गराए। तर, एसकेएम पार्टी सत्तामा आएको छ वर्ष बितेर जॉंदा पनि आफ्नो घोषणालाई कार्य रूपमा उतार्नुको सट्टामा एक्सटेन्शन प्रथालाई अगाडि बढाउने काम गरिरहेको उनले बताए।
उनले वर्तमानमा सिक्किम सरकारका विभिन्न विभागहरूमा एक्सटेन्शन पाउने अधिकारीहरूको संख्या लगभग 100 रहेको जानकारी आरटीआई मार्फत प्राप्त भएको अवगत गराए। यस मध्ये कतिपयले स्वेच्छापूर्वक काम छोडिसकेको बताउॅंदै उनले यस्ता अधिकारीहरूप्रति आभार प्रकट गरे। उनले अझै पनि एक्सटेन्शनमा कार्यरत अधिकारीहरू विरुद्ध अब सीएपीले ‘पेन्शन नट् पोजिशन’ अभियान शुरू गर्ने जानकारी गराए। उनले एक्सटेन्शन लिएका अधिकारीहरूका कारण उनीहरूभन्दा मुनिका अधिकारीहरूको पदोन्नति रोकिएको र बेरोजगार युवाहरूलाई समेत असर पुगिरहेको दाबी गरे।
यस अघि पार्टीको युवा परिषदका अध्यक्ष टीआर शर्माले तेस्रो स्थापना दिवसमा पार्टी अध्यक्ष गणेश राईले एक्सटेन्शन प्रथा रोक्न सरकारलाई अल्टिमेटम दिएको जानकारी गराए। यस कारण अब युवा परिषदले चॉंडै एक्सटेन्शन लिएका अधिकारीहरू विरुद्ध ‘पेन्शन नट् पोजिशन’ अभियान शुरू गर्ने उनले बताए।