By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: झिलिमिलि तिहार उत्सवमा नेपाली लोक नृत्य र गीतमाथि सप्ताहव्यापि कार्यशाला समापन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > झिलिमिलि तिहार उत्सवमा नेपाली लोक नृत्य र गीतमाथि सप्ताहव्यापि कार्यशाला समापन
Art & LiteratureCultureNortheastWorld

झिलिमिलि तिहार उत्सवमा नेपाली लोक नृत्य र गीतमाथि सप्ताहव्यापि कार्यशाला समापन

Aaron Rai
Last updated: October 19, 2025 4:06 pm
Aaron Rai Published October 19, 2025
Share
SHARE


गान्तोक,19 अक्टोबर। सिक्किमको नरबहादुर भण्डारी सरकारी महाविद्यालयको नेपाली विभागले नेपाली लोक नृत्य र लोक गीतबारे सप्ताहव्यापी कार्यशाला तथा प्रशिक्षण आयोजन गऱ्यो। सिक्किमका चर्चित लोक कलाकार नरेन गुरुङ,पद्मश्रीले सम्मानित व्यक्तिले कार्यशालामा प्रशिक्षणार्थी विद्यार्थीहरूलाई नेपाली लोक नृत्य मारूनी, सोरठी तथा लोक गीतमा असारे, भैलेनी तथा देउसी जस्ता लोपोन्मुख लोक संगीतको बारेमा प्रशिक्षण प्रदान गरेका थिए। कार्यशालाको समापन समारोह सिक्किम सरकारको संस्कृति विभागका अध्यक्ष भीम कुमारी शर्माको मुख्य आथित्वमा सम्पन्न भयो। यस अवसरले कार्यशाला आयोजनले विद्यार्थीहरूलाई किताबको ज्ञान बाहेक आफ्नो मौलिक लोक परम्परा र संस्कृति तथा लोक कलालाई बुझ्ने मौका प्रदान गरेको बताउँदै विद्यार्थीहरूले आफ्ना अनुभव साझा गरे। उनीहरूले कार्यशालामा सिकेका भैलेनी, मारूनी, देउसी, खाडो, सोरठी र अन्य लोक गीतहरू पनि प्रस्तुत गरे। झिलिमिलि तिहार उत्सव शिर्षकमा समापन कार्यक्रम रमाइलो प्रकारले आयोजन गरिएको थियो।
कार्यशाला आयोजन गर्नुको मुख्य उद्देश्य र त्यसको प्रतिफलबारे सह प्राध्यापक डा टीबी छेत्रीले मन्तव्य राखे। उनले विद्यार्थीहरूले धर्यताको साथमा छोटो अवधिमा गरेको सफल अभ्यास गरेको तथा पहिलो दिन नै 172 जना विद्यार्थी, 15 जना शिक्षण र पुस्तकालयका कर्मचारीहरूले पञ्जिकरण गरेको बताए। विद्यार्थीले चार दिनमा दुइवटा नृत्य,तीनवटा लोक गीत सिक्न सफल भएको बताए। उनले सोरठी नृत्यलाई भारतमा नेपाली शास्त्रीय नृत्यको रूपमा प्रस्तुत गर्न सुझाउ पनि दिए।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अध्यक्ष शर्माले आफ्नो परिचय दिनुपर्दा सिक्किम भनेर मात्र पुरा नहुने बताउँदै आफ्नो रितिरिवाज लोक कला अन्य समुदायलाई देखाउन नसके परिचय पुरा नहुने बताए। धनी लोक कला संस्कृतिले गर्दा नै सिक्किमे हुनमा गर्व बोध हुने बताइन्। यसैगरि उनले विद्यार्थीहरूको स्वर्णकालिन जीवनमा यस्ता कुराहरू सिक्नु पाउनु ठूलो कुरा रहेको तथा विद्यार्थीहरूको सङ्कल्प देख्दा खुसी लागेको बताइन्। सोरठी नृत्यलाई शास्त्रीय नृत्यको रूपमा भारतमा पुऱ्याउनु पर्ने विषयमा सम्बन्धित निकाय र विभागबाट पहल गर्ने प्रतिश्रुती दिइन्।
कार्यक्रममा आफ्नो सम्बोधन राख्दै प्रशिक्षक नरेन गुरुङले आफूले लोक कला सिक्दाको सम्झानाहरू साझा गरे। यसैगरि देश विदेशमा नेपाली लोक नृत्य र संगीतलाई लिएर जाँदाको अनुभव बताए। प्रशिक्षणमा विद्यार्थीहरूको सक्रिय सहभागितामा खुसी व्यक्त गरे।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै महाविद्यालयका प्राचार्य डा डी पुरोहीतले यो कार्यशाला राख्नुको उद्देश्य प्रकाश पारे। उनले लोक संस्कृति बाँचे मात्र मान्छेको चिनारी बाँच्छ भन्ने मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूले लोक कलालाई सिक्न जुन चासो देखाए त्यसको सराहना पनि गरे।
कार्यक्रममा नेपाली विभागका विभागीय प्रमुख डा उदेय छेत्रीले स्वागत सम्बोधन राखेका थिए भने शिक्षिका डा शारदा छेत्रीले सञ्चालन गरेको कार्यक्रममा कञ्चनजङ्घा राज्य विश्वविद्यालयका शिक्षक, वरिष्ठ पत्रकार साहित्यकार तथा लोक संगीत पारखीहरूको बाक्लो उपस्थिति रहेको थियो।

You Might Also Like

Press Club of Sikkim donates books to State Central Prison

Governor celebrates Diwali with Army soldiers at Dokala

Grand Indrajatra celebrations at Kabrey

मन्त्री सोनाम लामाले केन्द्रिय रक्षामन्त्री राजनाथसिंह सॅंग भेट गरे

राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
SA NepaliWorld

पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न

Aaron Rai Aaron Rai April 27, 2025
CM, DoNER Minister charts roadmap for Viksit Sikkim
Governor reaches out to people of North Sikkim
एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न
स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?