गान्तोक, 14 जून। अक्टोबर 2023 मा हिमनदी ताल फुटेपछि आएको बाढीका कारण भारी तलछट (सेडिमेन्ट) जम्मा भएको छ भने मल्ली खण्डको टिस्टा नदीको तह लगभग 14 मिटरले बढेको छ। यसले नदीको वहन क्षमतामा निकै कमी ल्याएको छ भने गम्भीर बाढी जोखिम चिन्ताहरू पनि बढेका छन्।
जल शक्ति मन्त्रालयले गठन गरेको समितिले अप्रेल 2025 को आफ्नो प्रतिवेदनमा गम्भीर चिन्ताहरूतिर ध्यान आकर्षित गराएको छ, जसमा बाढी जोखिममा वृद्धि, नदी किनार भत्किने र नदीको प्रवाह मार्ग परिवर्तन सामेल छन्। जल शक्ति मन्त्रालयको टिस्टा आकृति विज्ञान समितिले 15 जुलाई, 2024 देखि 19 जुलाई, 2024 सम्म टिस्टा नदीको किनारमा सिक्किम र पश्चिम बंगालका प्रभावित क्षेत्रहरूलाई समेटेर स्थलगत भ्रमण गरेको थियो।
जल शक्ति मन्त्रालयले समितिलाई टिस्टा नदीमा जीएलओएफबाट हुने आकृतिगत प्रभावहरूको अध्ययन गर्न र उपचारात्मक उपायहरू प्रस्ताव गर्न जिम्मेवारी दिएको थियो। प्यानलले आफ्नो प्रतिवेदनमा मल्लीलाई जेमा (सिक्किम) र टिस्टा बजार (पश्चिम बंगाल) बीचको 140 किलोमिटर टिस्टा अध्ययन करिडोरमा सबैभन्दा गम्भीर रूपमा प्रभावित खण्डको रूपमा उल्लेख गरेको छ। धेरै स्थानहरूमा निक्षेपण रिपोर्ट गरिएको भए तापनि, मल्लीमा संचय परिमाण र प्रभाव दुवै भिन्न छ।
2024 को मनसुनमा, टिस्टा नदीको पानीको स्तर उल्लेखनीय रूपमा बढेको थियो, जसले गर्दा दायाँ किनारमा रहेको मल्ली बजारको स्टेडियम डुबानमा परेको थियो भने बायाँ किनारमा रहेको एनएच 10 पनि उच्च जोखिममा परेको थियो।
केन्द्रिय समितिका अनुसार, मल्लीमा लगभग 14 मिटरको बेड लेभल वृद्धि भएको छ, जुन सम्पूर्ण अध्ययनमा रेकर्ड गरिएको उच्चतम हो। पर्याप्त तलछट जम्मा भएकाले च्यानलको क्षमतामा व्यापक कमी आएको छ। यसको प्रभाव गम्भीर छ, जसमा बाढीको जोखिम बढेको, सम्भावित किनार ओभरटपिङ र परिवर्तन प्रवाह मार्गहरू समावेश छन्। जीएलओएफको घटना अघि र पछि अवलोकन गरिएको क्रस सेक्शन डेटाले नदीको किनारमा ठूलो जम्मा भएको संकेत गर्दछ, नदी बस्ती क्षेत्रतर्फ दायाँतिर सर्दैछ, जसले सुरक्षा चिन्ताहरू बढाएको छ।
टिस्टा नदीको तल्लो बेल्टमा रहेको ठूलो तलछटको भार 2023 को बाढीको कारणले हो। टिस्टाको मंगनबाट तलतिर समतल हुँदै जाँदा, तलछट लैजाने यसको क्षमता घट्दै जान्छ, जसले गर्दा सिङताम, रम्फू, मल्ली र टिस्टा बजार जस्ता स्थानहरूमा भारी तलछट जम्मा भएको छ।
समितिले भनेको छ, नदी प्रणालीमा कटान र निक्षेपण प्राकृतिक प्रक्रिया हो र समय अवधिमा नदी स्थिर हुन्छ र नदीले अन्ततः आफ्नो स्वरूप पुन: प्राप्त गर्दछ। वर्तमान अवस्थामा टिस्टामा पनि यही दृष्टिकोण लागू हुन्छ, जहाँ जीएलओएफ घटनाको कारणले गर्दा, नदीले धेरै छोटो अवधिमा यसको विस्तारको आधारमा कटान र निक्षेपण देखेको छ। च्यानल संवहनमा सुधार गर्न, नदीको पहुँचभरि ड्रेजिङलाई प्राविधिक-आर्थिक रूपमा व्यवहार्य मानिॅंदैन।
समितिले सुझाउ दिॅंदै भनेको छ, नदीलाई यसको स्वरूप स्थिर गर्न निश्चित अवधि अनुमति दिइनुपर्छ। यस चरणमा व्यापक ड्रेजिङ/माटो हटाउन आवश्यक छैन। विस्तृत भूगर्भीय, रूपात्मक र जलविज्ञान सर्वेक्षण र अनुसन्धानपछि बस्तीलाई खतरामा पार्ने स्थानहरूमा नदी प्रशिक्षण/ब्याङ्क प्रोटेक्सन गर्न सकिने समितिले सिफारिस गरेको छ।

Leave a comment