गान्तोक, 25 अप्रेल। राभाङला पुलिस थाना क्षेत्र अन्तर्गत एनएचपीसी सागबारी छेउ तिङमोमा वाहन दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम ग्याल्छेन लेप्चा बताइएको छ। 35 वर्षीय लेप्चा लामातेन, तिङमो निवासी थिए।
पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, 23 अप्रेलका दिन ग्याल्छेन लेप्चाले चलाइरहेको एउटा ट्रक पावर ग्रीड छेउ, तिङमोमा दुर्घटनाग्रस्त भयो। ट्रक सडकदेखि लगभग 100 फुट तल झऱ्यो। ट्रक जोरथाङबाट तिङमोतिर गइरहेको थियो। स्थानीय मानिसहरूको सहयोगमा उनलाई नाम्ची जिल्ला अस्पताल लगियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।
पुलिसले घटनाको सम्बन्धमा बीएनएस, 2023 को धारा 281/106 अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।
Leave a comment