By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: डा. हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो।
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Neighbourhood Watch > डा. हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो।
Neighbourhood Watch

डा. हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो।

डा. हरिप्रसाद छेत्रीद्वारा लिखित 'आत्मकथा' पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यको शिक्षा विभाग मन्त्री राजु बस्नेत रहेका थिए भने विशिष्ट अतिथिमा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामा रहेका थिए।

PIB
Last updated: August 29, 2024 1:51 pm
PIB Published August 25, 2024
Share
SHARE

डा. हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यको शिक्षा विभाग मन्त्री राजु बस्नेत रहेका थिए भने विशिष्ट अतिथिमा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामा रहेका थिए।


स्मरण रहोस, डा. हरिप्रसाद छेत्री एक प्रतिष्ठित शिक्षाविद्, पूर्व सरकारी अधिकारी, र सामाजिक अभियन्ता हुन्, जिनको योगदान सिक्किम राज्यको ग्रामीण विकास र शिक्षा क्षेत्रमा महत्वपूर्ण छ। पिता डम्बरसिंह छेत्री र माता हर्कमाया छेत्रीका सुपुत्र, डा. छेत्रीले आफ्नो जीवनभर शिक्षा र समाजसेवामा समर्पित रहे। उनले ६४ वर्षको उमेरमा समाजशास्त्रमा पीएचडी गरे र विभिन्न विश्वविद्यालयहरूबाट शैक्षिक उपाधिहरू प्राप्त गरे। सरकारी सेवामा, उनले १९७१ मा कृषि अधिकारीका रूपमा आफ्नो यात्रा सुरु गरे र २००१ मा ग्रामीण विकास संस्थानका निर्देशकको पदबाट अवकाश लिएका हुन्।


डा. छेत्रीले गान्तोकमा भानुभक्त आचार्यको मूर्ति स्थापना, डम्बरसिंह कलेज र हर्कमाया कलेजको स्थापना, र हिमालयन फार्मासी संस्थानको स्थापना जस्ता कामहरूमा योगदान दिए।
सामाजिक नेतृत्वमा, उनी लायन्स क्लब गान्तोकका चार्टर अध्यक्ष, पीपल्स फोरमका महासचिव, र भारत स्काउट्स एन्ड गाइड्सका नेताका रूपमा सक्रिय रहे। उनलाई सिल्भर एलिफ्यान्ट पुरस्कार र अन्तर्राष्ट्रिय गोल्ड स्टार मिलेनियम अवार्डजस्ता प्रतिष्ठित पुरस्कारहरूले सम्मानित गरिएको छ।


हाल, डा. छेत्री गान्तोकमा आफ्नो परिवारसँग शान्तिपूर्ण जीवन बिताइरहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री राजु बस्नेतले यस पुस्तकका लेखक हरिप्रसाद छेत्रीलाई बधाई एवम शुभकामना दिए। यो पुस्तकमा डा. छेत्रीले आफ्नो जीवनमा भोगेका घटनाहरूलाई समेटेर तयार पारेको बताए। उनले प्रसङ्ग फेर्दै एसकेएम पार्टी 2019 मा सरकारमा आएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा विभिन्न क्षेत्रमा विकास भएको उल्लेख गरे।
उनले उदाहरण दिँदै सिक्किम विश्वविद्यालयको धेरै वर्षसम्म पनि आफ्नो निजी क्याम्पस नरहेको र अहिलेसम्म पनि किरायाको घरमा सञ्चालन हुँदै आइरहेको जानकारी गराए। तर एसकेएम पार्टी सरकारमा आएपछि याङगाङमा सिक्किम विश्वविद्यालयको क्याम्पसको निर्माण कार्य युद्धस्तरमा सञ्चालन भइरहेको र अहिलेसम्म दुई तीनवटा विभाग त्यहाँ सारिएको अवगत गराए।


मन्त्री बस्नेतले अबको केही महिनामा नै सम्पूर्ण क्याम्पसको निर्माण कार्य पूरा हुने सम्भावना व्यक्त गरे। मुख्यमन्त्री तामाङले राज्यको बागडोर सम्हाल्नमा केही विलम्ब भएको उनले महसुस गरे। यदि पहिला नै मुख्यमन्त्री तामाङले राज्यको बागडोर सम्हालेको भए अहिलेसम्म राज्य धेरै अघि बढिसकेको हुन सक्ने थियो भनी उनले दाबी गरे।


यसै क्रममा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाले आत्मकथा लेख्नको निम्ति लेखक इमान्दार हुनुपर्ने बताए। उक्त पुस्तक तयार गर्नको निम्ति लेखककोमा आँट र जाँगर पनि हुन आवश्यक छ भनी उनले बताए। लेखकले आत्मकथा लेख्दा आफूले जीवनमा भोगेका राम्रो र नराम्रो दुईवटै पाटालाई समेट्न आवश्यक रहेको बताउँदै यदि लेखकले आफ्नो नराम्रो पक्ष पुस्तकमा उल्लेख गर्न नसके पुस्तक अधुरो रहने उनले मन्तव्य प्रकट गरे। आत्मकथा लेखन क्षेत्रमा नेपाली समाज गरीब रहेको पनि उनले उल्लेख गरे। थौरे व्यक्तिहरूले मात्र आत्मकथा लेखेको उनले जानकारी गराए। यसरी नै साहित्य अनुवादमा पनि नेपाली समाज पछि परेको र गरीब रहेको उनले बताए।


यस पुस्तकको निरूपणात्मक मन्तव्य डा. टेकबहादुर छेत्री, प्रकाशकीय मन्तव्य राजा पुन्यानीले राखेका थिए। कार्यक्रममा सोही महाविद्यालयका विद्यार्थीहरूले गीत र नृत्य पनि प्रस्तुत गरेका थिए भने कविहरूले कविता पाठ गरेका थिए।

Orientation Programme on Sikkim INSPIRES held at DAC Soreng

Opposition making unnecessary issues out of nothing: SKM

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

State-Level Teej Utsav 2024: A Celebration of Unity and Empowerment

TAGGED:Sikkim
Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

कमिशन फर् ग्लेशियल हजार्डका अध्यक्षले गरे सिङताम नगर पञ्चायतको भ्रमण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 19, 2025
मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट
मुख्यमन्त्रीले आफ्नी आमाको नाममा बिरुवा रोपे
नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन
विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?