By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
    October 14, 2026
    October 14, 2026
  • Politics
    PoliticsShow More
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
InsiderLatest NewsSA Nepali

नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार

Suk Raj Aaron Rai
Last updated: October 16, 2026 4:22 pm
Suk Raj Aaron Rai Published October 16, 2026
Share
SHARE

नाम्ची, 16 अक्टूबर। विशेष स्वास्थ्य सेवाको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै जिल्ला अस्पताल नाम्चीको अर्थोपेडिक (हाडजोर्नी तथा नसा रोग) विभागले जन्मजात खुट्टा बाङ्गो हुने समस्या-सीटीईभी (जसलाई सामान्य भाषामा क्लबफुट’ भनिन्छ)-बाट पीड़ित 15 वर्षीय किशोरीको सफल उपचार गरेको छ। यस उपचारले ती किशोरीलाई उज्ज्वल भविष्यका लागि नयाँ आशा प्रदान गरेको छ।याङ्गाङ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लोअर श्रीपदमको ती किशोरीलाई सम्बन्धित पञ्चायत सदस्यको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल नाम्ची ल्याइएको थियो। यो पहल राङ्गाङ-याङ्गाङ निर्वाचन क्षेत्रकी उपाध्यक्ष तथा क्षेत्र विधायक राजकुमारी थापाको रेखदेख र मार्गदर्शनमा अघि बढ़ाइएको थियो, जसले खाँचोमा परेका मानिसहरूका लागि अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने निरन्तर प्रतिबद्धता झल्काउँछ।समस्याको जटिलतालाई ध्यानमा राख्दै अर्थोपेडिक विभागले लामो समयदेखि रहँदै आएको यस शारीरिक विकृतिलाई सुधार्न एक योजनाबद्ध र बहुविषयक शल्यक्रिया विधि अपनायो। उपचार प्रक्रियामा शृङ्खलाबद्ध ‘पोन्सेटी कास्टिङ’, ‘टेन्डो-एकिल्स जेड-प्लास्टी’, ट्रिपल आर्थ्रोडेसिस’ (जसमा टालोक्याल्केनियल, क्याल्केनियोक्युबोइड र टालोनाभिकुलर जोर्नीहरू समावेश थिए) तथा ‘स्टिन्ड्लर प्रोसिजर’ जस्ता विधिहरू अपनाइएका थिए।यो चुनौतीपूर्ण मामिलाको सफल व्यवस्थापन जिल्ला अस्पताल नाम्चीको अर्थोपेडिक टोलीका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा प्रमाणित भएको छ साथै यसले समुदायकै नजिक विशेष चिकित्सा सेवा उपलब्ध गराउने अस्पतालको प्रतिबद्धतालाई पनि उजागर गरेको छ।यस मामिलाबारे छलफलका क्रममा डा. कञ्चन गुरुङ र डा. डी. देवकोटाले शारीरिक विकृतिहरू (जुन उपचारद्वारा सुधार्न सकिन्छ) भएका व्यक्ति र परिवारहरूसम्म पुग्न सामाजिक सञ्जालमार्फत जनचेतना जगाउनुको महत्त्वमा जोड़ दिए। उनीहरूले मानिसहरूलाई निराश नहुन वा चिकित्सकको सल्लाह लिन हिचकिचाउन नहुने आग्रह गरे। समयमै परामर्श र उचित उपचारले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने कुरामा उनीहरूले जोड़ दिए।यो घटनाले के सम्झाउँछ भने चिकित्सा परामर्श र विशेष उपचारको पहुँचले मानिसहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ। यसले स्वास्थ्य सेवा प्राप्त गर्न आइपर्ने अवरोधहरू हटाउन र आवश्यक उपचार पाउनका लागि समुदायको सहयोग कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई पनि प्रस्ट पार्छ।

“Welcome to Sikkim” board installed at Atal Setu

पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने

प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्ति पक्राउ

Chief Information Commissioner of India arrives in Gangtok for national meet

एसकेएमले जनायो जनगणना सञ्चालन गर्ने गृह मन्त्रालयको अधिसूचनाको स्वागत

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastTourismTravel

पर्यटन विभागका नवनियुक्त चेयरपर्सन सोनाम नोर्गे लाचुङपाले आफ्नो कार्यभार सम्हाले

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 25, 2025
नौ दिवसीय 71औं माघे संक्रान्ति मेला 2026 को समापन
संदिग्ध ब्राउन शुगरको साथमा एक व्यक्ति पक्राउ
मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई
एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?