By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित
Art & LiteratureCultureNationalNortheastSA Nepali

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

Aaron Rai
Last updated: December 8, 2025 5:18 pm
Aaron Rai Published December 8, 2025
Share
SHARE

गान्तोक, 8 दिसम्बर । सिक्किमका एक कुशल शिल्पकार भरत राईलाई सिक्किम अकादमी पुरस्कार 2025 ले सम्मानित गरिएको छ। राभाङला महकुमा अन्तर्गत जारोङ निवासी राईलाई परम्परागत बाँसको शिल्पकलामा उल्लेखनीय योगदानको लागि उक्त पुरस्कारले सम्मानित गरिएको हो। राजधानीको सम्मान भवनमा आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा शिल्पकार राईलाई सम्मानित गरियो।
सिक्किम अकादमीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै मुख्यमन्त्री तामाङले भाषा, साहित्य, सङ्गीत, चित्रकला लगायत कलाका विभिन्न विधाहरूमा सिर्जनाकर्ताहरूलाई सम्मान र प्रोत्साहन गर्न सिक्किम अकादमीले वार्षिक रूपमा पुरस्कार प्रदान गर्दै आएको बताए। यस वर्ष परम्परागत बाँस शिल्पकलाका एक प्रख्यात शिल्पकार भरत राई पुरस्कृत बनेकोमा मुख्यमन्त्रीले उनलाई बधाई दिए। उनले शिल्पकार राईका समर्पण र दृढ़ताले सिक्किमेहरूलाई प्रेरित गरिरहेको बताए।
मुख्यमन्त्रीले 2019 देखि शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, प्रविधि, साहित्य, सङ्गीत र कलाको क्षेत्रमा उत्कृष्टका लागि प्रयासरत सिक्किमे नागरिकहरूलाई सरकारले समर्थन गर्दै आएको बताए। उनले यी प्रयासहरू ग्रामीण क्षेत्रहरूमा फैलिएको बताउॅंदै सरकारले समकालीन र परम्परागत दुवै क्षेत्रमा प्रतिभा पहिचान, उत्थान र मान्यता जारी राखेको उल्लेख गरे।
समारोहलाई सिक्किमको रचनात्मक भावनाको जीवन्त उत्सव बताउॅंदै मुख्यमन्त्रीले उपस्थित सर्जक, साहित्यकार, विद्वान, सङ्गीतकार, अनुसन्धानकर्ता र नवप्रवर्तकहरूले राज्यको सांस्कृतिक पहिचानलाई आकार दिइरहेको र भावी पुस्तालाई प्रेरणा दिइरहेको बताए। उनीहरूको योगदानले भारत र विश्वभर सिक्किमको धरोहरको उचाइ कायम राखेको उनले बताए।
मुख्यमन्त्रीले भने, तीव्र प्राविधिक प्रगति र कृत्रिम बुद्धिमत्ताको प्रभुत्वको युगमा लेखक र साहित्यकारहरूले गहिराइ, भावना र मानवीय अन्तर्दृष्टिसहित सिर्जना गर्नु अझ आवश्यक बनेको छ। प्रविधिले जानकारी प्रदान गर्न सक्छ, तर साहित्यले ज्ञानको संरक्षण गर्छ र समाजको आत्माको रक्षा गर्छ।
यस अवसरमा मुख्यमन्त्री लगायत अन्य अतिथिहरूको बाहुलीद्वारा ‘आधुनिक भारतको निर्माणमा भारतीय नेपाली/ नेपाली भाषी भारतीयहरूको भूमिका र योगदान’ नामक पुस्तक लगायत अन्य पुस्तकहरू लोकार्पित गरियो।

You Might Also Like

सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न

सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने

एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार

CM chairs preparatory meeting for Aama Samman Diwas to be held on August 10

संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsOpinionPoliticianSA Nepali

सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो

Aaron Rai Aaron Rai November 15, 2025
राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए
North East NSS Festival 2025 inaugurated at Manan Kendra
Stray Dog Control Committee Formed in Pakyong District
Governor inspects upcoming Prerna Sthal
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?