गान्तोक, 29 जनवरी । नाम्ची पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम सन्जीव गुरुङ उर्फ छोटु बताइएको छ। 26 वर्षिय आरोपी व्यक्ति मामरिङ निवासी हुन्।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, सन्जीव गुरुङलाई बुधवार मामरिङस्थित डम्पिङ एरियामा प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरियो। छानबिनको क्रममा आरोपीले लगाएको ज्याकेटको गोजीबाट 131 वटा विनस्पास्मो फोर्टे क्यापसुल जफत गरियो।
आरोपी व्यक्ति विरुद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ। घटनाको सम्बन्धमा जॉंच जारी रहेको बताइएको छ।
Leave a comment


