गान्तोक, 12 फरवरी। आगामी 14 फरवरीको दिन रानीपुल नजिक सरम्सा उद्यान परिसरमा आयोजना हुने सिक्किम ब्लू ड्युक फेस्टिभल 2025 मा बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले मञ्च साझा गर्ने भएका छन्। महोत्सवको उद्घाटन कार्यक्रम हाँसो, संगीत र संस्कृतिले भरिपूर्ण रोमाञ्चक साँझ हुनेछ।
कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन् भने सोही अवसरमा कलाकार यादवले आफ्नो प्रस्तुति दिनेछन्। चर्चित बलिउड चलचित्रहरू हंगामा, भूल भुलैया लगायत अन्य धेरै चलचित्रहरूमा आफ्नो उत्कृष्ट प्रदर्शनका लागि परिचित राजपाल यादवको कमेडीले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
यस तीन दिवसीय महोत्सव आयोजनको उद्देश्य विद्यार्थीहरूलाई एआई, ड्रोन र रोबोटिक्स जस्ता उदीयमान टेक्नोलोजीहरूको मूल्यवान अनुभव प्रदान गर्नुका साथै पाककला र उद्यमशीलता नेटवर्किङ अवसरहरू प्रदान गर्नु रहेको बताइएको छ।

Leave a comment