By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री
BusinessInvestmentOpinionSikkim

सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री

Suk Raj Aaron Rai
Last updated: November 29, 2025 4:25 pm
Suk Raj Aaron Rai Published November 29, 2025
Share
SHARE

गान्तोक, 29 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले राजधानीको चिन्तन भवनमा आयोजित एक कार्यक्रमबीच उद्यमशीलताको भावनालाई सशक्त बनाउन मुख्यमन्त्री स्वरोजगार सहायता योजना अन्तर्गत लाभार्थीहरूलाई चेक बितरण गरे। मुख्यमन्त्री कार्यालय र राज्य वाणिज्य एवं उद्योग विभागद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री तामाङ मुख्य अतिथि थिए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा कुन आधारमा लाभार्थीहरूलाई चेक प्रदान गरिन्छ भन्ने विषयमाथि प्रकाश पार्दै सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए। उनले यस योजनाले युवाहरू र उद्यमीहरूलाई सहायता गर्ने लक्ष्य लिएको बताए भने यस योजनाबाट लाभान्वित बनेका युवाहरूको उदाहरण पेश गरे। उनले खॉंचोमा रहेकाहरूलाई वित्तीय सहायता प्रदान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए।
मुख्यमन्त्रीले यो प्रथम चरणको चेक बितरण रहेको पनि अवगत गराए। उनले सरकारका विभागहरूका प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न र जनताको लागि सहज सेवा वितरण सुनिश्चित गर्न हालैमा तीन दिवसीय समन्वय बैठक आयोजना गरेको जानकारी गराए। यस अतिरिक्त, उनले उत्कृष्ट प्रदर्शन गर्ने पॉंच जना उद्यमीहरूलाई पुरस्कृत गर्ने पनि घोषणा गरे।
आफ्नो स्वागत सम्बोधनमा मुख्यमन्त्री कार्यालयका सचिव कर्म नामग्याल भोटियाले आज 351 संगठनहरूलाई चेक बितरण गरिने बताए। उनले मुख्यमन्त्री विवेकाधीन अनुदान अन्तर्गत 40, मुख्यमन्त्री स्वरोजगार सहायता योजना अन्तर्गत 286 र मुख्यमन्त्री शिक्षा सहायता योजना अन्तर्गत 25 जनालाई चेक बितरण गरिने बताए। उनले चार जना विद्यार्थीलाई कनेक्ट टु सीएम पहल अन्तर्गत चयनित गरिएको पनि बताए।
कार्यक्रममा राज्यका सबै छ जिल्लाबाट लाभार्थीहरू, अधिकारीहरू र मुख्यमन्त्री कार्यालयका अधिकारीहरू उपस्थित थिए।

सिक्किम सरकार र सेण्ट्रल पान्डम एमपीसीएसबीच जेवीपीए र एमओयूमा हस्ताक्षर

मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ

भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

Governor Mathur recalls key milestones as he completes one year in office

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsSikkim

Sikkim Observes Seven-Minute Vehicular Halt to Raise Environmental Awareness

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 7, 2025
मुख्यमन्त्रीले सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गरे
July 29, 2025
सिक्किममा क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचसम्बन्धी पहिलो सरोकारवाला बैठक सम्पन्न
महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?