By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री
Latest NewsSikkimSports

बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री

Aaron Rai
Last updated: April 7, 2025 5:05 am
Aaron Rai Published April 7, 2025
Share
SHARE

बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री

गान्तोक, 06 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङ उत्तर पूर्वी क्षेत्रमा क्रिकेटमा उत्कृष्टतालाई मान्यता दिने एक भव्य समारोह ‘चौथो उत्तर पूर्व क्रिकेट विकास परिषद् (एनईसीडीसी) एचिभर्स नाइट’ मा सहभागी बने। उक्त कार्यक्रम आज राजधानीको चिन्तन भवनमा आयोजना गरिएको थियो।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा यो कार्यक्रम सांस्कृतिक रूपमा समृद्ध र विविध पूर्वोत्तरमा प्रतिभा, समर्पण र खेलकुदको एकीकृत शक्तिको उत्सव रहेको बताए। उनले सम्मानित हुने खेलाडीहरूलाई हार्दिक बधाई दिँदै आ-आफ्नो राज्यको गौरव बढाउन उनीहरूको योगदानको सराहना गरे। उनले युवा खेलाडीहरूलाई जोश र उद्देश्यका साथ क्रिकेट खेल्न प्रेरित पनि गरे।
मुख्यमन्त्रीले 2016 मा स्थापना भएदेखि नै एनईसीडीसीको विकासक्रमलाई प्रकाश पार्दै एनईसीडीसीएले 2018 मा छ उत्तरपूर्वी राज्यहरू अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र सिक्किमको लागि बीसीसीआईको सदस्यता प्राप्त गर्न यसको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे। यस सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदिएको उनले अवगत गराए।
मुख्यमन्त्रीले परिषद्का निरन्तर पहलहरू जस्तै अन्तर-राज्य प्रतियोगिताहरू, क्षमता विकास कार्यक्रमहरू र एचिभर्स नाइट जस्ता कार्यक्रमहरूले अनुशासन, टिमवर्क र खेलकुद उत्कृष्टताको संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। राजस्थानमाथि सिक्किमको जित र मुम्बईमाथि मेघालयको जित जस्ता उल्लेखनीय उपलब्धिहरू उद्धृत गर्दै मुख्यमन्त्रीले यी विजयहरू यस क्षेत्रको उदाउँदो क्रिकेट प्रतिभा र बढ्दो आत्मविश्वासको बलियो सूचक रहेको ठहर गरे।
क्रिकेटमा आफ्नो व्यक्तिगत संलग्नताको बारेमा चर्चा गर्दै मुख्यमन्त्रीले लगभग एक दशकसम्म सिक्किम क्रिकेट संघको अध्यक्षको रूपमा नेतृत्व गर्दाको आफ्नो अनुभव साझा गरे। उनले सीमित स्रोतसाधन र संस्थागत सहयोगका कारण सामना गर्नुपरेका प्रारम्भिक चुनौतीहरू र सामूहिक दृढ संकल्प र व्यक्तिगत योगदानले खेललाई कसरी जीवित राख्यो भन्ने कुराको सम्झना गरे। मुख्यमन्त्री बीसीसीआईको सम्बद्धतालाई महत्त्वपूर्ण उपलब्धि बताउॅंदै यस क्षेत्रमा क्रिकेटको विकासलाई निरन्तर सहयोग गरेकोमा बीसीसीआईप्रति कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्री खेलकुद पूर्वाधार, प्रतिभा विकासमा निरन्तर लगानी, र कुनै पनि योग्य खेलाडी पछाडि नपरोस् भनेर एनईसीडीसीसँग सहकार्यको आश्वासन दिए। उनले यस प्रेरणादायी कार्यक्रमको हिस्सा बन्ने अवसर दिएकोमा आयोजकहरूलाई धन्यवाद दिए भने सबै सहभागीहरूलाई सुन्दर हिमाली राज्य सिक्किममा स्वागत जनाए।

You Might Also Like

पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले

पर्यटन मन्त्रीको अगुवाईमा सामूहिक वृक्षारोपण अभियान एवं सब्जी खेती

भारतीय सांकेतिक भाषाका आधारभूत कुराहरू सम्बन्धी कार्यशाला सम्पन्न

एसकेएमले जनायो जनगणना सञ्चालन गर्ने गृह मन्त्रालयको अधिसूचनाको स्वागत

राजधानीको वेलनेस पार्कलाई तम्बोलाको लागि प्रयोग गरिएकोमा एसडीएफले गऱ्यो निन्दा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest News

Sikkim’s team Brother of 7 Sisters (BO7S) crowned champions in BGMI Sikkim series S3

Aaron Rai Aaron Rai September 3, 2024
केन्द्रिय कृषि राज्यमन्त्री चौधरीले राज्यपालसॅंग शिष्टाचार भेट गरे
Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura
विधायक पामिन लेप्चाले छाङ्गु झील र वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्
दिशाको त्रैमासिक बैठक आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?