गान्तोक, 08 मार्च। मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय महिला दिवसको शुभ अवसरमा सम्पूर्ण महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा जब हामी महिलाहरूलाई सशक्त बनाउँछौं, उनीहरूको अधिकार सुनिश्चित गर्छौं र सबैका लागि समान अवसरहरू सिर्जना गर्छौं तब वास्तविक प्रगति हुन्छ भन्ने स्मरण गराउॅंछ भनी बताएका छन्। उनले महिलाहरू हाम्रा परिवार, समुदाय र समाजका मेरुदण्ड रहेको बताएका छन्।
उनले शासन, शिक्षा, स्वास्थ्य सेवा, व्यवसाय वा सामाजिक सेवा, हरेक क्षेत्रमा उनीहरूको योगदान अमूल्य छ आफ्नो सन्देशमा उल्लेख गरेका छन्। मुख्यमन्त्रीले महिलाहरूलाई कुनै पनि अवरोध बिना फस्टाउन सक्ने वातावरणको प्रवर्द्धन गर्नु सामूहिक जिम्मेवारी रहेको बताएका छन्।
उनले रूढीवादी धारणाहरूलाई तोड्ने, समावेशीतालाई प्रवर्द्धन गर्ने र एकअर्कालाई उत्थान गर्ने प्रतिबद्धताको निम्ति आह्वान गरेका छन्। उनले प्रत्येक महिला र केटीलाई सपना देख्ने, आकांक्षा राख्ने र हासिल गर्ने स्वतन्त्रता सुनिश्चित गर्न सबै मिलेर काम गर्नुपर्ने विचार व्यक्त गरेका छन्।

Leave a comment