By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
InsiderInvestmentLatest NewsOpinionPolitician

मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे

Aaron Rai
Last updated: November 29, 2025 5:50 am
Aaron Rai Published November 28, 2025
Share
SHARE


गान्तोक, 28 नोभेम्बर । मुख्यमन्त्री प्रेमसिंह तामाङले आगामी शैक्षिक सत्रदेखि सिक्किम जीवन कौशल पाठ्यक्रम शुरु गर्ने घोषणा गरेका छन्। तीन दिवसीय राज्यस्तरीय समन्वय बैठकको आज अन्तिम दिन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले उक्त घोषणा गरे।
राजधानीको मनन केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि विद्यालयहरूमा सिक्किम जीवन कौशल पाठ्यक्रम शुरु गर्ने घोषणा गरे। यस पाठ्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई सीपीआर, हेमलिच मेनूवर, प्राथमिक उपचार, सर्पले टोक्दा उपचार, आगो निभाउने उपकरणहरूको प्रयोग सहित आवश्यक जीवन बचाउने सीपहरू प्रदान गर्नेछ।
यसरी नै भुॅंइचालो, पैह्रो, बाढी र आगलागी आदि जस्ता आपतकालिन अवस्थाहरूको लागि आपदा तयारी प्रशिक्षण प्रदान गर्नुका साथै सञ्चार, समूह कार्य र भावनात्मक लचिलोपन जस्ता प्रमुख सीपहरूलाई पनि सुदृढ़ पार्ने उनले जानकारी गराए। मुख्यमन्त्रीले शिक्षा विभाग, स्वास्थ्य विभाग, र राज्य आपदा प्रतिक्रिया बललाई समयमै कार्यान्वयन सुनिश्चित गर्न पाठ्यक्रम र प्रशिक्षण मोड्युलहरूलाई तुरुन्तै अन्तिम रूप दिन निर्देशन दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा चिकित्सकहरूको अभावलाई सम्बोधन गर्न स्नातकोत्तर पाठ्यक्रम गर्न चाहने डाक्टरहरूले अब सरकारी सिफारिस प्राप्त गर्नु अघि प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तीन वर्षको अनिवार्य सेवा पूरा गर्नुपर्ने घोषणा गरे। उनले यो निर्णय जनताको हितमा रहेको बताए।
यस अतिरिक्त, मुख्यमन्त्रीले सबै विभागहरूलाई प्रवक्ताको रूपमा एक वरिष्ठ अधिकारी नियुक्त गर्न निर्देशन दिए। यी अधिकारीहरूले समयमै प्रेस विज्ञप्ति, सही सार्वजनिक जानकारी, र गलत सूचनाको प्रतिरोध, पारदर्शिता र प्रभावकारी सञ्चारलाई सुदृढ़ बनाउन सुनिश्चित गर्ने उनले बताए।
मुख्यमन्त्रीले विभिन्न विभागहरूले गरेको उल्लेखनीय प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै विभाग प्रमुखहरू र मन्त्रिपरिषद्का सहकर्मीहरूले साझा गरेका गुनासोहरूलाई स्वीकार गरे। उनले सबैलाई यी चिन्ताहरू इमानदारीपूर्वक सम्बोधन गर्न मिलेर काम गर्न र बलियो अन्तरविभागीय समन्वय कायम राख्न आग्रह गरे। उनले टीम सिक्किमको रूपमा अगाडि बढ्न आह्वान गर्दै यसले हाम्रा प्रयासहरू अझ प्रभावकारी हुनेछन् र हाम्रो प्रगति उल्लेखनीय रूपमा छिटो हुनेछ भनी बताए।
मुख्यमन्त्रीले अधिकारीहरूको समर्पणको कदर गर्दै राज्यलाई धेरै प्रतिष्ठित उपाधि र मान्यता प्राप्त गर्न मद्दत गर्नमा उनीहरूको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले लागूपदार्थ दुरुपयोग विरुद्ध लड्ने लगायत सामाजिक चुनौतीहरूको सामना गर्नमा अधिकारीहरूको प्रयासको पनि उल्लेख गरे, जसले सुरक्षित, स्वस्थ र समृद्ध सिक्किममा योगदान पुर्‍याएको छ।

You Might Also Like

स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड

साहित्यकार प्रकाश भट्टराई साहित्य अकादमी पुरस्कारका लागि मनोनित

जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी

मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे

सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalSikkim

Sikkim Governor calls on VP, Defence minister

Aaron Rai Aaron Rai June 13, 2025
मुख्यमन्त्रीले युवाहरूलाई रोजगार सृजना गर्ने बन्न प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिए
मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए
Mountain Rush TSD Rally 2025: Leg 2 ends in Ravangla
छत्तीसगढ़का पत्रकारहरूको टोलीले गेजिङ जिल्लाको भ्रमण गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?