गान्तोक, 28 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नी आमासॅंग भेट गरेर अमूल्य आशीर्वाद ग्रहण गरेका छन्। मुख्यमन्त्रीले आफ्नी आमासॅंग बिताएका रमाइलो क्षणका केही फोटोहरू सामाजिक सञ्जाल फेसबुक पेजमा साझा गरेका छन्।
मुख्यमन्त्रीले छोटो अन्तरालपछि आज आफ्नी प्यारी आमालाई भेट्ने र उनको अमूल्य आशीर्वाद लिने आनन्द प्राप्त भएको बताएका छन्। उनले आमाबाबु हाम्रो जीवनको मार्गदर्शक प्रकाश हुन् र उहॉंहरूसँग बिताएको हरेक क्षण अतुलनीय उपहार हो भनी बताएका छन्। उनले आफ्नी आमाको न्यानोपन, सरलता र दयालु स्वभावले आफूलाई सदैव प्रेरणा मिल्ने गरेको पनि उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले ईश्वरसॅंग आफ्नी आमाको सुस्वास्थ्य र खुशी एवं शान्ति र प्रेमले भरिएको जीवनको निम्ति प्रार्थना गरेका छन्।