गान्तोक, 07 फरवरी । नेपाली चलचित्र जगतका एक वरिष्ठ एवं प्रसिद्ध कलाकार सुनिल थापाको निधन भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले कलाकार थापाको निधनमा गहिरो दु:ख प्रकट गर्दै शोक सन्तप्त परिवार, साथीभाई र प्रशंसकहरूमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा वरिष्ठ कलाकार सुनिल थापाको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। स्वर्गीय थापाको विशेष गरी राते काइलाको रूपमा उत्कृष्ट अभिनयले नेपाली चलचित्रमा अमिट छाप छोडेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री उनको प्रतिभा र विरासतले भावी कलाकारहरूको पुस्तालाई प्रेरणा दिइरहनेछ भनेका छन्। उनले स्वर्गीय थापाका परिवार, साथीभाई र प्रशंसकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको अनन्त शान्तिको कामना गरेका छन्।
Leave a comment


