गान्तोक, 12 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगलवार केन्द्रिय संसदीय एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजुसॅंग नयॉं दिल्लीमा शिष्टाचार भेट गरे। केन्द्रिय मन्त्रीसॅंग भएको सौहार्दपूर्ण र व्यावहारिक अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले रिजिजुलाई हार्दिक अभिवादन एवं शुभकामना व्यक्त गर्दै उनको अनुकरणीय नेतृत्वको प्रशंसा गरे।
यस भेट अवधि सिक्किमको विकास र प्रगतिसँग सम्बन्धित विषयमा छलफल भयो र मुख्यमन्त्रीले केन्द्रिय मन्त्रीको निरन्तर सहयोगको लागि कृतज्ञता व्यक्त गरे। यस अवसरमा मन्त्रीद्वय पिन्चो नामग्याल लेप्चा र एनबी दाहाल, प्रधान आवास आयुक्त एके चन्द, मुख्यमन्त्रीका सचिव एसडी ढकाल पनि उपस्थित थिए।

Leave a comment