गान्तोक, 05 फरवरी । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको आज जन्मदिन हो। आफ्नो जन्मदिनको अवसरमा मुख्यमन्त्रीले आफ्नी आमासॅंग भेट गरेर आशीर्वाद लिए। उनले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा आमासॅंगका फोटोहरू पनि साझा गरेका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो जन्मदिनको अवसरमा आफ्नी आमासॅंग भेट गरेर आशीर्वाद लिन पाएकोमा आफुलाई धन्य र विनम्र महसुस गरिरहेको उल्लेख गरेका छन्। उनले आमाको प्रार्थना, निःशर्त प्रेम, र शान्त शक्ति उनको मार्गदर्शन र प्रेरणाको सबैभन्दा ठूलो स्रोत रहेको बताएका छन्। यस क्षणले आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाएको पनि मुख्यमन्त्रीले बताएका छन्।
सिक्किम सरकारका मन्त्रीगण, विधायकगण, पार्टी कार्यकर्ताहरू, उनका समर्थकहरू र प्रशंसकहरूले पनि मुख्यमन्त्रीलाई सामाजिक सञ्जालको माध्यमद्वारा जन्मदिनको बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
Leave a comment


