By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
    February 23, 2026
    पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने
    February 23, 2026
    सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ
    February 23, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
Art & LiteratureNationalNortheastSA Nepali

मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए

Aaron Rai
Last updated: February 23, 2026 3:28 pm
Aaron Rai Published February 23, 2026
Share
SHARE

गान्तोक, 23 फरवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई हार्दिक बधाई दिॅंदै सरकार साहित्यिक, सांस्कृतिक, सामाजिक, परोपकारी तथा रचनात्मक संघ-संस्थाहरूलाई निरन्तर सहयोग र साथ दिन प्रतिबद्ध रहेको बताएका छन्।मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्षका रूपमा लगातार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हरि ढुङ्गेललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले ढुङ्गेलको पुनः निर्वाचनले परिषद्का सदस्यहरूले उनको नेतृत्वप्रति राखेको विश्वास, आस्था र भरोसालाई स्पष्ट प्रतिबिम्बित गरेको बताएका छन्। साथै, यो उनले राज्यको साहित्यिक समुदायप्रति पुर्याएको समर्पित सेवाको उच्च कदर पनि रहेको उल्लेख गरेका छन्।मुख्यमन्त्रीले उपाध्यक्षद्वय रत्न लुक्सम सुब्बा र नीलम न्योपाने, महासचिव भीम रावत, कोषाध्यक्ष जीएस सुब्बा तथा नव निर्वाचित सचिवहरू, पदाधिकारीहरू र कार्यकारिणी सदस्यहरू सबैलाई हार्दिक बधाई दिएका छन्। उनले निर्वाचित सदस्यहरूका सामूहिक जनादेशले सिक्किममा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा समृद्धिका लागि नयाँ ऊर्जा र साझा प्रतिबद्धताको संकेत गर्दछ भनी बताएका छन्।मुख्यमन्त्रीले भने, ‘नेपाली साहित्य परिषद् सिक्किमले हाम्रो राज्यको समृद्ध साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र संवर्द्धनमा सधैं महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।’ ढुङ्गेलले प्रस्तुत गरेका अनुवाद पहल विस्तार गर्ने, लोक साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने र विद्यार्थी तथा युवापुस्तालाई साहित्यिक गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने दृष्टिकोण समयानुकूल र दूरदर्शी रहेको उनले बताएका छन्। मुख्यमन्त्रीले यस्ता पहलहरूले हाम्रो साहित्यलाई विभिन्न समुदायसम्म विस्तार गर्ने मात्र होइन, हाम्रो परम्परा र सांस्कृतिक मूल्यलाई भावी पुस्तासम्म जीवन्त, गतिशील र सान्दर्भिक बनाइराख्न पनि मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।उनले ढुङ्गेलको नेतृत्व र उनको समर्पित टोलीको सक्रियतामा परिषद्ले अझ प्रगति गर्दै सिक्किमभरि साहित्य, संस्कृति र सिर्जनशील अभिव्यक्तिको प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने पनि विश्वास व्यक्त गरेका छन्। यसैगर, उनले निर्वाचन प्रक्रियामा सहभागी सम्पूर्ण सदस्यहरूप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, ‘हाम्रो सरकार सिक्किमभरिका साहित्यिक, सांस्कृतिक, सामाजिक, परोपकारी तथा सिर्जनात्मक संघ-संस्थाहरूलाई निरन्तर सहयोग र साथ दिने प्रतिबद्धतामा दृढ़ छ। राज्यलाई सांस्कृतिक रूपमा समृद्ध, बौद्धिक रूपमा सशक्त र सिर्जनशीलताले परिपूर्ण बनाउने प्रत्येक रचनात्मक समूहलाई हामी निरन्तर प्रोत्साहन र सहयोग गर्दै जानेछौं।’

You Might Also Like

गोचेला-जोङ्ग्री पदमार्ग ‘भारतको सर्वश्रेष्ठ पदयात्रा सर्किट’ छनोट, स्वर्ण पुरस्कार प्राप्त

मुख्यमन्त्रीले वित्तमन्त्री सीतारमणसॅंग भेट गरे

First in India, First for the Future: CM Golay’s Sabbatical Leave Scheme Turns Aspirations into Achievements

सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन

मुख्यमन्त्री तामाङले पहलगाममा भएको क्रूर आतङ्की हमलाको निन्दा गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyInsiderNational

State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi

Aaron Rai Aaron Rai June 30, 2025
एसकेएम युवा मोर्चाद्वारा योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा बृहत् सरसफाई अभियान सम्पन्न
Lok Sabha MP attends Centenary Celebration of Dentam Senior Secondary School
मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
Awareness Programme on Transgender Issues & Social Inclusion Held at Soreng
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?