मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे
गान्तोक, 07 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार राजधानीमा भाइब्रेन्ट डिस्कबर राबोङ छो जो फेस्ट 2025 अन्तर्गत आयोजना गरिने प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरेका छन्। उक्त कार्यक्रम राज्य पर्यटन एवं नागरिक उड्डयन विभागको सहयोगमा आयोजना गरिॅंदैछ।
मुख्यमन्त्रीले आइतवार सामाजिक सञ्जालमा भनेका छन्, यो प्रतियोगिता केवल प्रतिस्पर्धाको बारेमा मात्र होइन, यो टिमवर्क, अनुशासन र हाम्रा युवाहरूको अदम्य भावनाको उत्सव हो। हाम्रो सरकार खेलकुदलाई प्रवर्द्धन गर्न र जीवनका सबै क्षेत्रका खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ। यस प्रकारका पहलहरू मार्फत हामी खेलाडीहरूलाई चम्कने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अरूलाई प्रेरित गर्ने थप अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेका छौ।
मुख्यमन्त्रीले सबै सहभागी टोलीहरूलाई शुभकामना व्यक्त गर्दै सबैलाई जोशका साथ खेल्न र खेललाई सम्मान गर्न आह्वान गरेका छन्। उनले राबोङमा आगामी 11 अप्रेलदेखि 16 सम्म आयोजना हुने छो जो फेस्ट 2025 मा सामेल हुन सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्।

Leave a comment