गान्तोक, 12 अप्रेल । मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतबार दार्जिलिङस्थित श्री महाकाल मन्दिरको भ्रमण गरी पूजा अर्चना गरे। मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा विभिन्न आस्थाहरूको समन्वय र विविधतामा एकताको स्थायी भावनालाई प्रतिनिधित्व गर्ने एक पूजनीय स्थल श्री महाकाल मन्दिरको भ्रमण गर्ने सौभाग्य प्राप्त भएको उल्लेख गरेका छन्। उनले मन्दिरको पवित्र र शान्त वातावरणमा सिक्किमका जनताको तर्फबाट प्रार्थना अर्पण गरी शान्ति, समृद्धि तथा राज्यको निरन्तर कल्याणको लागि दिव्य आशीर्वादको कामना गरे।मुख्यमन्त्रीले यस पवित्र धाममा अवस्थित दिव्य कृपाले हामी सबैलाई सद्भाव, करुणा र सामूहिक प्रगतितर्फ मार्गदर्शन एवं यसको पवित्रताले प्रत्येक हृदयमा आशा र आध्यात्मिक शक्तिलाई प्रेरित गरोस् भनी प्रार्थना गरेका छन्।


