गान्तोक, 25 अप्रेल। उत्तर सिक्किममा हिजो सॉंझ भएको भारी वर्षाका कारण पैह्रोले यातायात अवरुद्ध बनेपछि धेरै संख्यामा पर्यटकहरू प्रभावित बनेका छन्। यस सम्बन्धमा आज राज्यपाल ओम प्रकाश माथुरले राज्यका मुख्य सचिव आर. तेलाङबाट स्थितिको बारेमा जानकारी लिएका छन्।
राज्यपालले राहत कार्यलाई अझ सुचारू रूपमा सञ्चालित गर्न र प्रभावित पर्यटकहरूलाई चॉंडोभन्दा चॉंडो सुरक्षित स्थानसम्म पुऱ्याउने व्यवस्था सुनिश्चित गर्न निर्देश दिएका छन्।
मुख्य सचिव तेलाङले राहत एवं बचाउ कार्यको प्रगतिको बारेमा जानकारी गराउॅंदै प्रशासन यस कार्यमा सक्रिय रहेको र स्थिति नियन्त्रणमा रहेको बताए। उनले आज रातिसम्म सबै पर्यटकहरूलाई सुरक्षित रूपमा गान्तोक ल्याउने व्यवस्था गरिएको बताएका छन्।

Leave a comment