गान्तोक, 28 जनवरी । सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा भएको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्।राज्यपालले आफ्नो शोक सन्देशमा लेखे, ‘श्री पवारज्यू एक कर्मठ जनसेवक तथा जनताका अत्यन्त प्रिय नेता थिए। उहाँको जीवन समाज र राज्यको विकासका लागि समर्पित थियो। उहाँको असामयिक निधन राज्यका लागि अपूरणीय क्षति हो।’राज्यपालले ईश्वरसँग प्रार्थना गर्दै दिवंगत आत्मालाई आफ्नो परमधाममा स्थान प्रदान गरून् तथा शोकाकुल परिवार, कार्यकर्ता र समर्थकहरूलाई यस कठिन घडीमा धैर्य र शक्ति प्रदान गरून् भनी कामना गररेका छन्।


