By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
    मुख्यमन्त्री तामाङले पैह्रो प्रभावित रिम्बी क्षेत्रको भ्रमण गरे, प्रभावितहरुलाई आर्थिक सहयोगको घोषणा
    October 9, 2026
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
    October 8, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रिम्बी सिङ्लिताम पैह्रो प्रभावित परिवारलाई राहत सामग्री र अनुग्रह सहायता प्रदान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > रिम्बी सिङ्लिताम पैह्रो प्रभावित परिवारलाई राहत सामग्री र अनुग्रह सहायता प्रदान
EnvironmentNationalNortheast

रिम्बी सिङ्लिताम पैह्रो प्रभावित परिवारलाई राहत सामग्री र अनुग्रह सहायता प्रदान

Suk Raj Aaron Rai
Last updated: August 23, 2026 3:49 pm
Suk Raj Aaron Rai Published August 23, 2026
Share
SHARE

गेजिङ, 23 अगस्त। रिम्बी-सिङ्लिताम क्षेत्रमा गएको पैह्रोबाट प्रभावित परिवारहरूको अवस्था बुझ्न मन्त्री तथा क्षेत्र विधायक छिरिङ टी. भोटियाले गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पासहित प्रभावित क्षेत्र तथा राहत शिविरको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा पैह्रोका कारण घर-जग्गा, कृषि बाली तथा जमिनमा क्षति पुगेका र केही आवासीय संरचनासमेत जोखिममा परेका २५ प्रभावित परिवारलाई अनुग्रह सहायता तथा राहत सामग्री हस्तान्तरण गरिएको छ।प्रभावित परिवारलाई सम्बोधन गर्दै मन्त्री तथा क्षेत्र विधायक भोटियाले सरकार यस घटनाप्रति गम्भीर रहेको र प्रभावित क्षेत्रको अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताए। उनले प्रभावित परिवारलाई सरकार तथा जिल्ला प्रशासनबाट निरन्तर सहयोग र आवश्यक सहायता उपलब्ध गराइने आश्वासन दिए।उनले थप क्षति रोक्न आवश्यक सुरक्षात्मक तथा रोकथामका उपायहरू यथाशीघ्र अघि बढाइने जानकारी दिँदै वर्तमान भौगोलिक अवस्थालाई ध्यानमा राखेर प्रभावित परिवारलाई जिल्ला प्रशासनद्वारा जारी सुरक्षा निर्देशन तथा सूचनाहरू पालना गर्न र सतर्क रहन आग्रह गरे।जिल्लापाल डेन्जोङ्पाले स्थलगत निरीक्षण तथा क्षतिको मूल्याङ्कनपछि अनुग्रह सहायता उपलब्ध गराइएको जानकारी दिए। युक्समका राजस्व अधिकारीको नेतृत्वमा भूमि राजस्व टोलीले गरेको स्थलगत सत्यापन तथा सम्बन्धित पञ्चायतबाट प्राप्त सिफारिसका आधारमा लागू एसडीआरएफ/एनडीआरएफ मापदण्ड तथा निर्देशिका अनुरूप सहायता वितरण गरिएको उनले बताए।जिल्लापालले गत आइतबार प्रभावित क्षेत्रको विस्तृत निरीक्षण गरी घर-जग्गा, कृषि बाली तथा जमिनमा भएको क्षतिको मूल्याङ्कन गरिएको जानकारी दिए। विशेषगरी क्षति भएको तथा मानव जीवन र सम्पत्तिमा थप जोखिम हुनसक्ने क्षेत्रलाई प्राथमिकतामा राखेर निरीक्षण गरिएको उनले बताए। प्रभावित परिवारसँग जिल्ला प्रशासनले निरन्तर सम्पर्कमा रही अवस्थाको नजिकबाट निगरानी गरिरहेको पनि उनले उल्लेख गरे।थप क्षति रोक्न आवश्यक सुरक्षात्मक संरचना निर्माण, उचित जलनिकास तथा झोडाको व्यवस्थापनलगायतका उपायहरू अघि बढाइरहेको जिल्ला उनले बताए। प्रभावित परिवारको सुरक्षालाई ध्यानमा राख्दै आवश्यकता परे हाल सञ्चालनमा रहेको राहत शिविरलाई थप सुरक्षित र उपयुक्त स्थानमा स्थानान्तरण गरिने पनि उनले जानकारी दिए।पैह्रो प्रभावित परिवारका लागि जिल्ला प्रशासनले तत्काल राहतस्वरूप उपलब्ध गराएको अनुग्रह सहायता क्षतिको मूल्याङ्कन तथा निर्धारित मापदण्डअनुसार योग्य लाभग्राही पहिचान गरी वितरण गरिएको जनाइएको छ। यसैबीच, सिक्किम वीर गोर्खा पूर्वसैनिक कल्याण संघले पनि मानवीय सहयोगस्वरूप राहत शिविरमा रहेका प्रभावित परिवारलाई कम्बल तथा आवश्यक खाद्यान्नसहितका राहत सामग्री हस्तान्तरण गरेको छ।जिल्ला प्रशासनले प्रभावित क्षेत्रको अवस्थालाई निरन्तर निगरानीमा राख्दै प्रभावित परिवारको सुरक्षा तथा कल्याण सुनिश्चित गर्न आवश्यक राहत, सहायता र रोकथामका उपायहरू प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ।

नागा गुम्पामा शान्ति र संरक्षणका लागि जेनसे पुजा सम्पन्न

Pakyong DC assesses impact of Lower Bering landslide

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

एसकेएमले तीन राज्यमा ऐतिहासिक जितका लागि दियो भाजपा र एनडीएलाई हार्दिक बधाई

Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureOpinionPolitics

जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 12, 2026
मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश
१३औं उत्तर पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनशिपमा सिक्किमको ऐतिहासिक उपलब्धि, दुई खेलाडी राष्ट्रिय सुटिङ च्याम्पियनशिपका लागि छनोट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?