By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
InvestmentNationalSA NepaliSports

विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू

Aaron Rai
Last updated: August 29, 2025 4:34 pm
Aaron Rai Published August 29, 2025
Share
SHARE


गान्तोक, 29 अगस्त। राष्ट्रिय खेल दिवस 2025 को अवसरमा आज राजधानीको पाल्जोर स्टेडियममा तीन दिवसीय समारोह शुरू भयो। राज्य खेलकुद एवं युवा मामिला विभागद्वारा सर्वकालीन महान फिल्ड हक्की खेलाडी मानिने मेजर ध्यान चन्दको जयन्तीको सम्मानमा आयोजित समारोहमा खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथि थिए।
मुख्य अतिथि मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई फिटनेश र अनुशासनको मूल्यप्रति सचेत नागरिकको रूपमा उल्लेख गरे। उनले प्रविधिको दुरुपयोग जस्ता सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्न शारीरिक फिटनेश र मानसिक शक्ति आवश्यक रहेको बताउँदै इमानदारीपूर्वक प्रतिज्ञा पालना गर्न आग्रह गरे।
उनले खेलकुदलाई सन्तुलित जीवनलाई समर्थन गर्ने जीवन ऊर्जाको रूपमा वर्णन गर्दै उपस्थित सबैलाई कम्तीमा एउटा खेल अपनाउन र दैनिक एक घण्टा शारीरिक गतिविधिमा समर्पित गर्न सल्लाह दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा खेलकुदमा वृद्धि भइरहेको र खेलाडीहरूले समर्थन प्राप्त गरिरहेको बताए। राज्य सरकारले सहयोग प्रदान गर्न जारी राख्ने बताउॅंदै उनले युवाहरूलाई सिक्किमको खेलकुद क्षेत्रको विकासका लागि अवसरहरूको प्रयोग गर्न प्रोत्साहित गरे।
कार्यक्रमलाई खेलकुद एवं युवा मामिला विभागकी सचिव याङ्छेन डी. तामाङ र अतिरिक्त निदेशक आरबी विश्वकर्मले पनि सम्बोधन गरेका थिए। पहिलो दिनको समारोहमा सेवानिवृत्त संयुक्त सचिव छबिलाल राई, कराटे प्रशिक्षक बिधान बल्लभ सुब्बा, ग्यात्सोला भोटिया र फुर्बा तेन्पा लाचेन्पालाई खेल क्षेत्रमा योगदानको लागि सम्मानित गरियो।
बिहानको सत्रमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजन गरियो, जसमा वान माइल रन, पासिङ द बल, टग अफ् वार आदि आयोजन गरिएको थियो। प्रतियोगिताका विजेता र उपविजेताहरूलाई अतिथिहरूको बाहुलीद्वारा पुरस्कृत गरियो। दिउॅंसो एक्स होस्टेलर्स एसएसए बनाम स्टेट एकाडेमी टीमबीच एक प्रदर्शनी फुटबल म्याच सम्पन्न गरियो, जसमा एक्स होस्टेलर्स 3–1 ले विजय बन्यो।
यस अवसरमा स्वास्थ्य, अनुशासन र शारीरिक कल्याणमाथि जोड दिॅंदै सामूहिक रूपमा फिट इण्डिया शपथ ग्रहण गराइएको थियो। समारोहमा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्पा, गान्तोककी उपमेयर छिरिङ पाल्देन भोटिया, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ आदि उपस्थित थिए।

You Might Also Like

कवि रत्न लक्सम सुब्बाको बाल तृष्णा डिस्कोर्स सम्पन्न

सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने

CM meets Parliamentary Committee on Subordinate Legislation

भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न

सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingInvestmentLatest NewsSA Nepali

रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला

Aaron Rai Aaron Rai September 19, 2025
छितेन टाशी भोटियाले बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गरे
एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
City Runner offers Gangtok a chance to rethink public transport
सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?