गान्तोक, 10 अक्टोबर। चिन्तन भवनमा शनिवार आयोजित इक्फाई विश्वविद्यालयको 19औँ दीक्षान्त समारोहमा राज्यपाल ओम प्रकाश माथुर कुलाध्यक्ष (भिजिटर) को रूपमा सामेल भएका छन्। दीक्षान्त समारोहमा विशिष्ट अतिथिका रूपमा देशका सुप्रसिद्ध चिकित्सा विशेषज्ञ, एआईजी हस्पिटल्सका संस्थापक तथा अध्यक्ष र पद्म विभूषण, पद्म भूषण तथा पद्मश्रीले सम्मानित डा. दुव्वुर नागेश्वर रेड्डीसहित विश्वविद्यालयका कुलाधिपति डा. ओआरएस राव र उपकुलपति डा. जगन्नाथ पटनायक पनि उपस्थित रहेका थिए।समारोहमा विश्वविद्यालयका मेधावी विद्यार्थीहरूलाई राज्यपालद्वारा स्वर्ण पदक तथा डिग्री प्रदान गरेर सम्मानित गरे र उनीहरूको उज्ज्वल भविष्यको कामना गरे। यस अवसरमा समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने विशिष्ट मानिसहरूलाई मानद उपाधि तथा अन्य सम्मानले पनि सम्मानित गरियो। राज्यपालले विश्वविद्यालयको दीक्षान्त समारोहको अवसरमा युवाहरूलाई सम्बोधित गर्दै भने, “शिक्षाको असली उद्देश्य डिग्री हासिल गर्नु मात्रै होइन, चरित्र निर्माण, बुद्धिको विकास र सामाजिक एवं व्यावहारिक जीवनमा प्रवेशको उत्सव हो।” उनले युवाहरूलाई आफ्नो ज्ञान, कौशल तथा तक्निकको उपयोग समाजको अन्तिम छेउमा खड़ा व्यक्तिलाई सशक्त बनाउन तथा राष्ट्रको प्रगतिका लागि गर्न आह्वान पनि गरे।उनले विशेष रूपमा उल्लेख गर्दै भने, “आजको युग डिजिटल क्रान्ति, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमताको हो।” उनले युवाहरूसित अपील गर्दै युवाहरूले तक्निकको उपयोय विवेकपूर्ण ढङ्गमा गर्दै आफ्नो रचनात्मक सोचमार्फत भारतलाई विकासको नयाँ उँचाइमा लैजान आह्वान गरे।स्वामी विवेकानन्दको पङ्क्ति स्मरण गर्दै उनले भने, “हामीलाई यस्तो शिक्षाको आवश्यकता छ, जसले मनको शक्ति बढोस् र मनुष्य स्वयं स्वावलम्बी बन्न सकुन्। यसका साथै डा. एपीजे अब्दुल कलामका विचारहरू उद्धृत गर्दै उनले युवाहरूलाई ठूलो सपना देख्न प्रेरित गरे, जुन देशमा ठूला आविष्कार, नयाँ स्टार्टअप्स र सामाजिक परिवर्तनलाई जन्म दिँदछ।”प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विकसित भारत@2047’ को दृष्टिकोणको वर्णन गर्दै राज्यपालले यस सङ्कल्पलाई सिद्ध गर्ने जिम्मेवारी ऊर्जावान युवाहरूको काँधमा रहेको बताए।


