गान्तोक, 08 मई । रम्फू पुलिसले एक व्यक्तिलाई संदिग्ध ब्राउन शुगरसहित पक्राउ गरेको छ। आरोपी व्यक्तिलाई लोअर बजार, रम्फूबाट पक्राउ गरिएको हो।
पुलिस रिपोर्टका अनुसार, मूल रूपमा माचोङ निवासी (अहिले आईबीएम रम्फू) निवासी एक व्यक्तिलाई बिहिवार 15.68 ग्राम संदिग्ध ब्राउन शुगर सहित 11 वटा एन-10 ट्याबलेट र 5 वटा स्पास्मो प्रोक्सिवन क्याप्सुलको साथमा पक्राउ गरिएको छ। उनलाई रम्फूको लोअर बजारस्थित हनुमान मन्दिर छेउबाट पक्राउ गरिएको हो।
पुलिसले आरोपी व्यक्ति विरुद्ध एनडीपीएस एक्ट, 1985 र साडा एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ।
Leave a comment


