गान्तोक, 01 फरवरी । सिक्किमकी सुष्मिता राईले साफ अण्डर 19 महिला फुटबल च्याम्पियनसिप 2026 मा भारतलाई सहायक रेफ्रीको रूपमा प्रतिनिधित्व गर्ने भएकी छन्। उक्त प्रतियोगिता नेपालमा आयोजना भइरहेको छ।
सिक्किम फुटबल संघले सिक्किमकी सुष्मिता राई साफ अण्डर 19 महिला फुटबल च्याम्पियनसिपका लागि सहायक रेफ्रीको रूपमा छनोट भएकोमा खुशी व्यक्त गरेको छ। संघले यसलाई सिक्किम फुटबलको लागि गर्वको क्षण बताउॅंदै राईलाई उनका भावि प्रयासहरूका लागि शुभकामना व्यक्त गरेको छ।
उल्लेखनीय छ, साफ अण्डर 19 महिला फुटबल च्याम्पियनसिप 2026 को लागि भारतीय दलमा सिक्किमकी उदीयमान खेलाड़ी अभिष्ट बस्नेत पनि सामेल छिन्। यसरी नै सिक्किमकै डा. यचाना बस्नेत पनि भारतीय दलकी फिजियोथेरपिस्ट प्रमुखका रूपमा नियुक्ति भएकी छन्।
Leave a comment


