गान्तोक, 08 फरवरी। सिक्किममा विगत केही दिनदेखि भुॅंइचालोका झट्काहरू महसुस गरिॅंदैछन्। यी झट्काहरू सामान्यदेखि माध्यम तीव्रताका रहे तापनि निरन्तर रूपमा आइरहेकाले मानिसहरूमा आतङ्कको माहोल छाएको छ। ध्यान योग्य कुरा के छ भने भुॅंइचालोका झट्काहरू अधिकांश रातिको समयमा महसुस भइरहेका छन्।
गत 5-6 फरवरी राति लगभग 13 पटक भुॅंइचालोका झट्काहरू महसुस भएको जानकारी भारत सरकारको पृथ्वी विज्ञान मन्त्रालय अन्तर्गत नेशनल सेन्टर फर सिस्मोलोजीले जानकारी उपलब्ध गराएको थियो। यसरी नै 6-7 फरवरी राति पनि लगभग 9 पटक सामान्यदेखि मध्यम तीव्रताको भुॅंइचालो आएको बताइएको छ। यसै क्रममा 7-8 फरवरी राति पनि भुॅंइचालोका झटकाहरू महसुस गरिएका छन्।
नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार, 8 फरवरी अबेर रातिदेखि दिउॅंसो दुई बजीसम्म लगभग सात पटक भुॅंइचालोका झट्काहरू महसुस गरिए। भुॅंइचालोका तीव्रताहरू रिक्टर स्केलमा न्यूनतम 2.1 देखि सर्वाधिक 2.8 रेकर्ड गरिएका छन्। भुॅंइचालोका झट्काहरू गेजिङमा एक पटक, नाम्चीमा दुई पटक र मङ्गनमा चार पटक महसुस गरिएको बताइएको छ।
उल्लेखनीय छ, गत 5-6 फरवरी अबेर राति आएको भुॅंइचालोले विशेष गरी पश्चिम सिक्किमका कतिपय ठाउॅंका विद्यालयहरूमा चिरा परेका समाचारहरू प्रकाशमा आएका छन्।
Leave a comment


